फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ देश बागमती प्रदेश राजनीति

समाजवादी दोलखा द्वारा प्रशासनमा ११ बुदे ज्ञापन पत्र,यस्ता छन मागहरू

नवीनकुमार खतिवडा

चरिकोट/नेकपा एकीकृत समाजवादी दोलखाले जिल्लाका समसामयिक बिषयमा प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र पेश गरेको छ।

पार्टी आन्दोलनको केन्द्रिय कार्यक्रम अन्तर्गत आज पार्टीका अनुशासन आयोगका केन्द्रिय सदस्य दिनेशराज शिवाकोटी,जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष अशोक दहाल,सचिव मोहन थापा सहितका नेताहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापन पत्र बुझाएको हो।ज्ञापन पत्रमा निम्न अनुसारका बिषयहरु  समेटिएका छन

श्री प्रमुख जिल्ला अधिकारी,
जिल्ला प्रशासन कार्यालय, चरिकोट, दोलखा ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको भर्खरै ७६ वर्ष पूरा भएको छ। नेपालका कम्युनिष्ट पार्टी इतिहासमा अनेकौं प्रकारका टुटफुट, विभाजन, पुनर्गठन र एकीकरणको प्रक्रियाबाट गुजिएर आएका छन् र यस्तै एउटा विशिष्ट परिस्थितिका विचमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी। गठन भएको हो। नेपाली सर्वहारा एवं श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्न र राष्ट्रिय अर्थतन्त्र निर्माण मार्फत राष्ट्रिय पूँजीको विकास गर्दै नेपालको लोकप्रिय वाम आन्दोलनलाई समाजवादी कार्यदिशा मार्फत आम जनताको वर्गपक्षधर पार्टीको रुपमा समग्र आन्दोलनलाई नै नयाँ उचाइमा उठाउन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन भएको हो। वि.सं. २०८१ असार १६-२१ मा “दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौं, समाजवादको दिशामा अगाडि बढौं”” भन्ने मूल नाराका साथ हाम्रो पार्टीको १० औं महाधिवेशन सम्पन्न भइसकेको छ। हाम्रो पार्टी नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) कम्युनिष्ट आन्दोलनलाई सही मार्गदर्शन गर्दै लोकप्रिय वाम आन्दोलनलाई एकीकृत गर्दै फेरि मुलुकको नेतृत्वदायी पार्टीका रुपमा विकसित गर्ने संकल्प लिएर स्थापित भएको पार्टी हो। मुलुकमा देखा परेका तमाम समस्याको दीर्घकालीन समाधान खोज्न संविधानले नै प्रत्याभूत गरेको समाजवादका लागि ठोस रुपमा समाजवादी कार्यक्रम निर्माण गरी लागू गर्न सक्ने पार्टीको निर्माण नै आजको हाम्रो सवैभन्दा ठूलो चुनौती र आवश्यकता हो। त्यसकै लागि हामीले क्रान्तिकारी संगठनको प्रस्ताव अगाडि सारेका छौं र नेपालको राजनीतिमा नयाँ वाम विकल्प निर्माण गर्न लागेका छौं। तसर्थ दोलखामा पार्टी संगठनलाई जनमुखी र जनपक्षीय अभियानमा केन्द्रित गर्दै दोलखाका नागरिकले भोग्नु परेका समस्या, तिनका समाधान र आम सरोकारका विपयलाई सम्वन्धित निकायमा पुऱ्याएर तिनीहरुका समाधानमा केन्द्रित हुदै अगाडि वढ्नु हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ ।

तसर्थ हाम्रो पार्टीले “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने नारा तय गर्दै रचनात्मक, सृजनात्मक र शान्तिपूर्ण सङ्घर्ष तथा आन्दोलनमार्फत नार्गारकले भोग्नु परेका समस्या, तिनका समाधान र आम सरोकारका विषयलाई सम्बन्धित निकायमा पुऱ्याएर तिनीहरुका समाधानमा केन्द्रित हुदै लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास, संवैधानिक सर्वोच्चताको स्थापनाकामाध्यमवाट समाज विकास र रुपान्तरणका लागि आन्दोलनमार्फत सुसंगठित, शक्तिशाली, लोकप्रिय र जनपक्षीय पार्टी निर्माणका लागि पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आजको यो ज्ञापन पत्र प्रस्तुत गर्दै बुझाउने अनुमति चाहन्छु ।

आज संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामाथि सडकमा अनेकन प्रश्नहरु उठिरहेका छन्। सडक र सदनमा समेत प्रतिगामी, पुनरुत्थानवादीहरुले ठूलो स्वर गरिरहंदा र अराजकता मच्चाइरहंदा यो अवस्था कसरी सिर्जना भयो भन्ने कुरामा मुलुकको नेतृत्व गरिरहेका राजनीतिक दल तथा तिनका नेतृत्वकर्ताहरु, प्रतिपक्षमा रहेका राजनीतिक दल तथा तिनका नेतृत्वकर्ताहरु, हिजो व्यवस्था स्थापनामा योगदान गरेका र भूमिका खेलेका आम समुदाय तथा संस्थाहरु र स्थायी सरकार भनेर चिनिने सामान्य तथा सार्वजनिक प्रशासन र निजामती सेवाका उपल्लो तहले गम्भीर छलफल र समीक्षा गर्नुपर्छ कि पर्दैन ? हाम्रो सामान्य तथा सार्वजनिक प्रशासन र निजामती सेवा कति जनमुखी र सेवामुखी छ ? कि प्रकृयामुखी छ ? यसको खोज, अध्ययन तथा अनुसन्धान हुनुपर्छ कि पदैन ? हिजो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनामा महत्वपूर्ण भूमिका खेलेको सामान्य तथा सार्वजनिक प्रशासन र निजामती सेवाले यसको रक्षा, विकास र स्थायित्वका लागि आफ्नो कर्तव्य र जिम्मेवारीमा निष्ठापूर्वक भूमिकाको अपेक्षा पनि आजको असन्तुष्टिको कारण हो कि समीक्षा गरौं र सम्बन्धित निकायलाई जागरुक गराऔं भन्ने उद्देश्यले निम्न विषयहरु लिपिवद्ध गर्दै हामी यो ज्ञापन पत्र बुझाउँदै छौं ।

१. जिल्लाको शान्ति सुरक्षाको अवस्था

हाम्रो जिल्ला प्राकृतिक सौन्दर्यताले भरिपूर्ण जिल्ला हो। पाकृतिक, ऐतिहासिक, धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण रहेको हाम्रो जिल्ला पर्यटनको राम्रो सम्भावना भएको जिल्ला हो। सबै खालका व्यापार व्यवसायको लागि मात्र होइन व्यक्तिको आवतजावत र सहजताका लागि पनि शान्तिसुरक्षाको प्रत्याभुति र अवस्था महत्वपूर्ण हुन्छ । देशकै राजधानीवाट नजिकको दूरीमा रहेको यो जिल्लामा हामीले शान्ति सुरक्षाको अवस्था विश्वसनीय र सुरक्षित वनाउन सकेमा जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेल्न सकिन्छ तर कहिलेकाही सुनिने घटनाहरुले नकारात्मक सन्देश जाने भएकोले जिल्ला प्रशासन कार्यालयले विगतका अवस्थाहरुको गम्भीर समीक्षा गर्दै आगामी दिनका लागि चुस्त विश्वसनीय आधार निर्माण गर्न हाम्रो पार्टी प्रमुख जिल्ला अधिकारीमार्फत सबै सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ र उचित जवाफको माग गर्दछ ।

२. बजार अनुगमनको अवस्था

दोलखामा जिल्लामा चरिकोट, दोलखा, सुन्द्रवती, सिंगटी, जिरी, मैनापोखरी, नयाँपुल, खरी ढु‌ङ्गा, वाघखोर, देऊराली, कुरी, गोंगर, लामावगर लगायतका सानाठूला बजार र पसलहरु सहितका विक्रीवितरण केन्द्रहरु रहेका छन् । तिनीहरुको अवस्था र गतिविधिका बारेमा सरोकारवाला निकाय कति जानकार छ ? वजारमूल्यमा समानता असमानता के छन् ? उपभोक्ता ठगिने अवस्था छ कि छैन ? चलेका पसल तथा व्यापारिक केन्द्रहरुमा मूल्य निधारणका आधार के तय गरिएको छ र त्यसको अनुगमन कसरी गरिएको छ ? वस्तुहरुको गुणस्तर र खाद्य वस्तुमा कत्तिको शुद्दता छ ? बजारमा व्यापारिक सटरहरुको अवस्था के छ र तिनीहरुको भाडा निर्धारणको वैज्ञानिक आधार केलाई बनाइएको छ ? यी विपयहरुमा सरोकार वाला निकायहरुलाई परिचालन गरी आवश्यक व्यवस्था मिलाई प्रभावकारी अनुगमन गर्न हाम्रो पार्टी प्रमुख जिल्ला अधिकारीमार्फत सबै सरोकारवाला निकायको गम्भीर ध्यानाकर्पण गराउन चाहन्छ र उचित जवाफको माग गर्दछ ।

३. वन तथा वातावरणको अवस्था

दोलखा जिल्ला वन, वन्यजन्तु, वनपैदावार र नदीनालाका कारणले अत्यन्तै समुन्नत र महत्वपूर्ण रहेको छ । लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डादेखि वार्सागुम्या, सिलाजित जस्ता महत्वपूर्ण वस्तुहरुको खुला र प्राकृक्तिक सङ्ग्रहालयको रुपमा रहेका यहाँका प्राकृतिक स्रोत तथा वस्तुहरुको चोरीपैठारी रोक्न र तिनीहरुको संरक्षण गर्न जिल्ला प्रशासन कार्यालयले खेल्ने भूमिका विशिष्ट हुनु जरुरी छ । यस क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले विगतमा गरेका प्रयास र आगामी दिनका योजनाका बारेमा जानकारी पाउनु र ज्ञान राख्नु दोलखाली जनताको अधिकार र कर्तव्य हो। तसर्थ यी विषयहरुमा सरोकार वाला निकायहरुलाई परिचालन गरी आवश्यक व्यवस्था मिलाई प्रभावकारी अनुगमन गर्न हाम्रो पार्टी प्रमुख जिल्ला अधिकारीमार्फत सबै सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ र उचित जवाफको माग गर्दछ ।

४. कषि क्षेत्रको अवस्था

वखां लाग्न लागिसकेको छ। खेतीपातीको मौसम शुरु भएको छ। किसानहरु मल, विउ लगायतका सामग्रीहरु जेहो गर्न लागिसकेका छन् । यो बेला हाम्रो जिल्लामा मल, विउ तथा कृषि औजार तथा सामग्रीको उपलब्धता र तिनीहरुको सहज तथा सरल वितरणको अवस्था के छ ? वजारमा उपलव्ध सामग्रीहरुको गुणस्तरका वारेमा सरोकारवाला निकायले कत्तिको ध्यान पुऱ्याएको छ ? यी र यस्ता विषयमा जिल्ला प्रशासन कार्यालयले खेल्नुपर्ने र खेल्नसक्ने भूमिका के के हुन सक्छन् ? कृषि उत्पादनको सुरक्षा, बजारीकरणको अवस्था, उत्पादकको उत्पादनको सुरक्षा, उत्पादक र उपोक्ताको मूर्त्यावचको तादात्म्यताका बारेमा के कस्तो अवस्था छ ? जिल्ला प्रशासन कार्यालयले विगतका अवस्थाहरुको गम्भीर समीक्षा गर्दै आगामी दिनका लागि चुस्त विश्वसनीय आधार निर्माण गर्न हाम्रो पार्टी प्रमुख जिल्ला अधिकारीमार्फत सबै सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ र उचित जवाफको माग गर्दछ ।

५. प्राकृतिक प्रकोप तथा विपत्तिको पूर्व तयारीको अवस्था

हाम्रो जिल्ला हिमाली जिल्ला हो। यहाँ थुप्रै भौगोलिक विकटता पनि रहेको छ। वर्खा लागेसँगै वाढी, पहिरो, भूक्षय लगायतका अनेकौं प्राकृतिक प्रकोप र विपत्तिको सम्भावना रहन्छ। प्राकृतिक प्रकोप र विपत्तिका घटनाहरु रोक्न र नियन्त्रण गर्न सम्भावना कम छ तर क्षति न्यूनीकरणका उपायहरुको खोजी र तिनीहरुको पूर्व तयारी अहिलेको महत्वपूर्ण आवश्यकता हो। यसमा वढी जोखिमयुक्त क्षेत्रहरुको पहिचान गरी पूर्व सावधानी अपनाउन जिल्ला प्रशासन हाम्रो पार्टी प्रमुख जिल्ला अधिकारीमार्फत सबै सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ र उचित जवाफ सहित प्रचाबकारी कार्यान्वयनको माग गर्दछ ।
६. सामाजिक विभेदको अवस्था

हाम्रो देश बहुजातीय, बहुसांस्कृतिक र वहुभाषिक मुलुक हो। हाम्रो जिल्लामा पनि वहुजातीय, बहुसांस्कृतिक र वहुभाषिक विविध समुदायको बसोबास रहेको छ। जात, संस्कृति र भापाका आधारमा मानिस मानिसविच भेदभाव हुनु गैरसंवैधानिक र अमानवीय कार्य हो। यो विषयमा जिल्ला प्रशासन कार्यालयको भूमिका प्रष्ट, सचेत र सूचनामूलक होस् भन्ने हाम्रो धारण रहेको छ।

७. सार्वजनिक सम्पत्तिको सुरक्षा
. सुशासन तथा सार्वजनिक सेवा प्रवाहको लगायत भ्रष्टाचार नियन्त्रण अवस्था
९. शिक्षा, स्वास्थ्य, पर्यटनको अवस्था
१०. सार्वजनिक यातायात र भाडादर लगायत पार्किङको अवस्था
११. हाइड्रोपावर, बैड्क वित्तीय संस्थाहरु र सामाजिक उत्तरदायित्वको अवस्था रहेका छ्न।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा  स्थानीय तह कर्मचारी  हक हित  संघर्ष समिति गठन

Friendship Khabar

SEE परिक्षा भाेलिदेखि, दाेलखाबाट ९७ विद्यालयका विद्यार्थी सहभागी हुँदै

Kedar Dahal

नवनिर्वाचित सहकारी संघ दोलखाको सपथ ग्रहण

Friendship Khabar