फ्रेण्डसिप खबर
गृह पृष्ठ शिक्षा समाचार

SEE परिक्षा भाेलिदेखि, दाेलखाबाट ९७ विद्यालयका विद्यार्थी सहभागी हुँदै

केदार दहाल
दाेलखा/देशैभर भाेलि बिहिबार देखि सुरु हुने माध्यमिक परीक्षा कक्षा १० (एसईई) मा दोलखाबाट २ हजार ६ सय ४६ जना परीक्षार्थी सहभागित हुने भएका छन्। जसमध्ये १ हजार २ सय ३३ जना छात्र र १ हजार ४ सय १३ छात्राले यो वर्षको एसईई परीक्षा दिँदैछन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । यसवर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ लागू गरेको जनाएको छ ।विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यस वर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने व्यवस्था गरेको हाे ।३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनःमौका परीक्षामा सहभागी हुनु पर्नेछ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था रहेकाे छ ।

बिहिबार बिहान ८ बजेदेखि सञ्चालन हुने सो परीक्षा आगामी २३ गते सम्म चल्नेछ । परीक्षामा संलग्न हुने कुल विद्यार्थीमध्ये ८५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १ हजार ७१ छात्र र १ हजार ३०३ छात्रा गरी कुल २ हजार ३७४ रहेका छन् । यसैगरी जिल्लामा रहेका ११ वटा संस्थागत विद्यालयतर्फ १३७ छात्र तथा १०१ छात्रा गरी कुल २३७ जना रहेका छन् । यस्तै खुल्लातर्फ २६ छात्र तथा ९ छात्रा गरी कुल ३५ जना परीक्षार्थी रहेका छन् । यो वर्षको एसइई परीक्षामा दोलखाका ८५ वटा सामूदायिक विद्यालय, ११ संस्थागत विद्यालय तथा एक खुल्ला विद्यालयका विद्यार्थीहरु सम्मिलित हुँदैछन् ।

यो पटकको परीक्षा विगतका वर्षहरूमा भन्दा अझै व्यवस्थित र मर्यादित रूपमा सम्पन्न हुने अपेक्षा गरिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिए । 

याे पढ्न छुटाउनु भयाे की ?

नेराशि संगठन वैतेश्वोरकाे तेस्रो गाउँ परिषद सम्पन्न, नव प्रवेशी शिक्षकहरुलाई सम्मान

Kedar Dahal

नेकपा एस मेलुङको अध्यक्षमा बस्नेत,(अधिवेशन फोटो फिचर)

Friendship Khabar

नेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्ने निर्णय ।

Kedar Dahal