काठमाण्डौं/नेकपा एमाले दोलखाका नेता एवँ शैलुङ गाउँपालिकाका संस्थापक अध्यक्ष भरत दुलाल नेपाली कम्युनिष्ट पार्टी मा प्रवेश गरेका छन् ।नेकपाका संयोजक पुष्पकमल दहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले ले नेता दुलाललाई आज पार्टी प्रवेश गराएका हुन् ।

नेकपामा प्रवेश गरेका दुलाल एमाले दोलखाका प्रभावशाली नेता हुन् । उनी दुई कार्यकाल एमाले दोलखाको पार्टी सचिव बनिसकेका नेता हुन् । नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवँ पूर्व सञ्चारमन्त्री पार्वत गुरुङ २०६६ सालमा एमाले दोलखाको पार्टी अध्यक्ष बन्दा दुलाल हालका एमाले अध्यक्ष नर बहादुर श्रेष्ठलाई पराजित गर्दै लोकप्रिय मतका साथ सचिव निर्वाचित भएका थिए भने ८ औं जिल्ला अधिवेशनमा पनि उनी चुनावी पार्टी सचिवमा निर्वाचित भएका थिए । सो अधिवेशनबाट एमाले नेता इस्वरचन्द्र पोखरेल अध्यक्ष निर्वाचित भएका थिए ।

दुई कार्यालय जिल्लाको सचिव भएका नेता दुलाल पछिल्लो दुई वटा जिल्ला अधिवेशनमा भने जिल्ला कमिटी अध्यक्ष पदको उम्मेदवार बनी पराजित भएका थिए ।८ औं अधिवेशनमा सचिव पदमा नरवहादुरलाई पराजित गरेका दुलाल १० औं अधिवेशनमा अध्यक्ष पदमा उनैसँग पराजित भएका थिए ।

दोलखाको शैलुङ गाउँपालिका घर भएका नेता दुलाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा सोही गाउँपालिकाको अध्यक्ष पदमा भारी मतका साथ बिजयी भएका थिए । उनको कार्यकालमा शैलुङ गाउँपालिकामा भएको विकास निर्माण लगायतका नमूना कामहरु र दीर्घकालीन महत्त्वका कामहरूको शुरुआत गरेका थिए ।

बिद्यार्थी राजनीतिवाट उदायका नेता दुलाल एमाले दोलखाको राजनीतिमा लामो समयदेखि सक्रिय र वैचारिक नेता हुन् ।पार्टी प्रवेशको क्रममा नेकपाका नेता एवँ बागमती प्रदेशका पूर्वमन्त्री विशाल खड्का,नेकपाका नेता एवँ राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल,नेता भिमप्रसाद दहाल,नेकपाका नेता एवँ तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसी लगायतका नेताहरु उपस्तिथि रहेको थियो ।


