फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति समाचार

पार्वतले भेटेको भाेलीपल्टै बालकृष्णले भेटे ओली उम्मेदवारी सिफारिसमा असन्तुष्टि

काठमाडौ/नेकपा एमाले दाेलखाबाट एकल सिफारिसपछि पवटीकाे सुन्तला काेसेली बाेकेर केन्द्रीय सदस्य पार्वत गुरूङले अध्यक्ष केपी ओली भेट्न पुगे । गुरूङले भेटेकाे भाेलीपल्टै इतर पक्षका बालकृष्ण शिवाकोटीले पनि अध्यक्ष ओली भेटेका छन् ।
ओलीलाई भेट्न प्रतिनिधि सभाका आकाक्षी उम्मेदवार बालकृष्ण शिवाकोटी सहितका टाेली पुगेका थिए । टाेलीमा सहभागी एक सदस्यका अनुसार मंगलबार राती लामाे समय समसामयिक विषयमा गहन छलफल र समीक्षा भएको बताए ।
छलफलमा अध्यक्ष ओलीले उमेदवार हुन आकाक्षी हुँदा हुँदै बलमिचाइ गरेर एकल नाम सिफारिस ल्याएकोमा तमासा गरे भनी सकेको जानकारी दिए । एक क्षेत्र एकभन्दा बढी आकाक्षी हुँदा सिफारिस गर्ने अधिकार मात्रै जिल्लामा भएको तर निर्णयकाे अधिकार केन्द्रमै रहेको ओलीले बताएका थिए  । ´चित्त नबुझेको विषयमा गुनासाे गर्ने माथिल्लो निकाय छ` अध्यक्ष ओलीले भने ´यही कुरा बाहिर मिडियामा भन्दै हिड्ने र राजिनामा दिने कुरा झन राम्रो भएन ।` लेटरप्याडमा कसैको नाम आउँदैमा अन्तिम हुँदैन । त्याे मात्रै हेरिन्न सुचना सञ्चार माध्यममा आएका पनि हेरिन्छ । राजिनामा खारेज भयाे आफ्नो काममा लाग्नुस् उनले भने ।
अध्यक्ष ओलीले जिल्लामा विवाद भएपछि दुईलाई झगडा गराएर मैले पाउँछु भन्ने कसैलाई लागेको हुन सक्छ दाेलखाली बाठा छन्, भन्ने अध्यक्षले भनेका थिए ।
´आकाँक्षि काे काे थिए? हामी ति सबै नाम अगाडि राखेर छलफल गर्छाैँ। पार्वतले जित्ला कि? वालकृष्ण जित्ने उम्मेदवार हाे कि ? रचना जि काे पनि ईच्छा छ भन्ने सुनेकाे छ, वहाँले जित्न सक्नु हुन्छ कि? श्याम बस्नेत जि पनि हुनुहुन्छ। याे निर्णय म एक्लै गर्दिन । हाम्राे कमिटिले छलफल गरेर टुङ्ग्याउँछ।` अध्यक्ष ओलीले भनेको कुरा ती सदस्यले जानकारी दिए ।
बालकृष्ण शिवाकोटी २०७९ का प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी र नेपाली काँग्रेस सहितको गठबन्धनमा ३१५ मतान्तरले पराजित भएका थिए ।  शिवाकोटीसँग केपी ओली भेट्न मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थाेकर, पार्टी उपसचिव हरि ओली, सचिवालय सदस्य गणेश शिवाकोटी, जिल्ला कमिटी सदस्य श्यामसुन्दर शिवाकोटी लगायत पुगेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

कक्षा १२ काे परीक्षामा जिल्ला प्रथम बनिन सहिद स्मृतिकि छात्रा मनिषा मगर

Kedar Dahal

निर्वाचन क्षेत्र रणनितिक सडकको माधव नेपालद्वारा शिलान्यास

Nabin Kumar Khatiwada

सरकारी गाडिको दुरुपयोग बारे ध्यानाकर्षण

Friendship Khabar