फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ देश बागमती प्रदेश स्थानीय समाचार

पुष्पक केसी माथिको आक्रमण प्रति समाजवादीको ध्यानाकर्षण

चरिकोट/एकीकृत समाजवादी दोलखाका नेता पुष्पक केसी माथी गरेको आक्रमण प्रति नेकपा एकिकृत समाजबादी पाटीले ध्यानाकषर्ण भएको जनाएको छ ।

माघ  ८ गते  बेलुका दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ लामीडाँडा स्थित होटल ह्याप्पी होलिडे इन सिंगटीमा नेकपा (एकीकृत समाजवादी) दोलखा जिल्ला कमिटीका सचिवालय सदस्य एवं अनेरास्ववियू केन्द्रीय स्थायी समिति सदस्य कमरेड पुष्पक केसी  माथी हात पात भएको थियो ।
होटलमा चिया  खाइरहेको बेलामा केहि व्यक्तिहरु होटलभित्र पसी छलफल गर्नु छ भनी अराजक व्यक्तिहरू सांघातिक हमला गरी गम्भीर घाइते हुनेगरी कुटपिट गरेका हुन ।

उक्त घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको पार्टी अध्यक्ष भीम प्रसाद दाहालले हस्ताक्षर गर्नु भएको विज्ञप्तीमा उल्लेख छ  ।
उक्त घटनामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कार्वाही गर्न सम्बन्धित निकायसँग पार्टीले माग गरेको छ । अमानवीय र अराजक घटनाहरूको पुनरावृत्ति रोक्नका लागि चालिने उचित कानूनी कदम र पीडित व्यक्तिहरुलाई न्याय दिलाउने कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पार्टीले गरेको छ ।  समाजमा घट्ने हिंसात्मक गतिविधिको अन्त्य गरी शान्ति सुरक्षा र कानूनको शासन सुनिश्चित गर्न सरकारसँग पार्टीले माग गरेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा माओवादी केन्द्र जिरि ७ नं. वडाकाे  कार्यालय उद्घाटन

Kedar Dahal

भ्रष्टाचार भएको भन्दै नेकपा एस द्वारा जिरीमा ध्यानाकर्षण

Friendship Khabar

असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिदैं

Kedar Dahal