फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार कभर स्टाेरी बागमती प्रदेश समाचार

हिमपर्वतका २ आयोजना अन्तिम चरणमा

दोलखा/हिमपर्वत हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेका २ जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले विगू गाउँपालिका वडा नं. ६ र ८ मा २ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


निर्माणाधिन आयोजनाहरुमा २० मेगावाटको साँघु खोला जलविद्युत आयोजना र ५.५ मेगावाटको साँघु खोला जलविद्युत आयोजना १ निर्माण गरिरहेको छ । साविक आलम्पू गाविस र चिलंखा गाविसको बीच भएर बग्ने साँघु खोला र चिलंखातिरबाट आउने स्याँखू खोलाको दोभानभन्दा ३ सय मिटर माथि बाँध बाँधेर पानी फर्काएर पेगू दोभानमा खसाली ५.५ मेगावाट विद्युत उत्पादन गर्ने गरी एउटा आयोजना निर्माण गरिएको छ । सो आयोजनाको बाँधमा स्याखु खोलाको पानी समेत फर्काएर मिसाउने योजना छ ।


सो आयोजनाको १४९ मिटर ग्रस हेड रहेको छ भने पेनस्टक पाइप २ हजार ३१२ मिटर मध्ये पाइप जडानको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको हेडवक्सको काम पूरा भएको छ भने विद्युत गृहमा उपकरण जडानको काम पनि अन्तिम चरणमा पुगको छ । विद्युत जोड्नका लागि स्वीच्याडको काम यही चैत महिना भित्रै पूरा गरेपछि नयाँ वर्षसँगै विद्युत परीक्षण सुरु गर्ने लक्ष्यका साथ काम गरिरहेको आयोेजना प्रमुख सुनिल रेग्मीले जानकारी दिए ।  विद्युत प्रसारणका लागि पेगू दोभानदेखि सोरुङ खोलासम्म ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण पनि जारी छ ।


पेगू दोभानमा ५.५ मेगावाटको विद्युत गृहबाट निस्केको पानीलाई सोझै पेनस्टकबाटै २० मेगावाटको साँघु खोला जलविद्युत आयोजनाको हेडपोनमा हालिएको छ । साँघु खोला र पेगू खोलाको दोभानमा पेगू खोलाको पानीलाई फर्काएर एउटा बालुवा थिग्रयाउने पोखरीबाट दुवै खोलाको पानी मिसाएर पेनस्टक पाइपबाट सोरुङ खोलामा ल्याएर विद्युत उत्पादन हुने छ । आयोजनाको ग्रस हेड ३७३ मिटर रहेको छ ।


यो आयोजनाको ५ हजार ८१० मिटर पेनस्टकपाइप जडान गर्नु पर्नेमा ५ मिटर मिटर जडान पूरा भइसकेको आयोजना प्रमुख रेग्मीले जानकारी दिए । सोरुङ खोलामा विद्युत गृह पूरा गरी उपकरण जडान र स्वीच्याड निर्माण समेत जारी छ ।
विगू गाउँपालिका वडा नं. ८ मा हाल निर्माणाधिन ३ वटै आयोजनाको विद्युत जोड्न मिल्ने गरी स्वीच्याड निर्माण भइरहेको छ । यहाँ भविष्यमा निर्माण हुने जलविद्युत आयोजनाहरुलाई समेत लक्षित गरी स्वीच्याड निर्माण गरेर १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको ८ किमी टाढा रहेको सिंगटी सवस्टेशनमा जोडिने छ । सोरुङ खोलादेखि सिंगटीसम्मको १३२ केभीको २५ वटा टावर निर्माण गरी लाइन तान्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।


आयोजना निर्माणमा खटिएका हिमपवर्त हाइड्रोपावर लिमिटेडका इञ्जिनियर प्रविण घिमिरेका अनुसार दुवै आयोजनाको सबै काम समानान्तर गतिमा भइरहेको जानकारी दिए । ५.५ मेगावाटको काम अन्तिम चरणमा पुगेकाले नयाँ वर्षसँगै खुशी खबर दिएर विद्युत राष्ट्रिय प्रसारणमा जोडिने उनले दाबी गरे । २० मेगावाटको दोस्रो आयोजना पनि सबै काम पूरा गरी २०८२ साउन अन्तिमसम्म पूरा हुने बताए ।


दुवै आयोजनाको निर्माण व्यवसायी सिभिलत तर्फ मस्तिङ हिमाली जेभी, इलेक्ट्रोमेकानिकलमा फ्लोबेल इनर्जी प्रालि भारत, हाइड्रोमेकानकलमा डाउन हाइड्रो मस्तिङ जेभी र प्रसारण लाइनमा सम्प्रधा ट्रेडिङ प्रालि रहेका छन् ।
हिपर्वतले निर्माण गरिरहेको २० मेगावाटका आयोजनाको लागत ३ अर्ब ९० करोड रहेको छ भने ५.५ मेगावाटको आयोजनाका लागि १ अर्ब ५ करोड लागत अनुमान गरिएको छ । दुवै आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा लक्ष्मी सनराइज बैंक, कुमारी बैंक र माछापुछ«े बैंकले ऋण लगानी गरेका छन् । ऋण र स्वपूजी लगानी ७०ः३० को अनुपातमा छ । हिमपर्ततका यि आयोजनामा अवसर इक्वीटी डाइभर्सीफाइड फण्डले ३९ करोड स्वपूजी लगानी गरेको छ ।


हिमपर्वत हाइड्रोपावरले ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सिबिआई एल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।
सम्झौता अनुसार १४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता सेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । दुवै आयोजनाबाट वार्षिक १४९ गिगावाट आवर विद्युत उत्पादन गर्ने लक्ष्य छ ।
विगू गाउँपालिकाका पूर्व अध्यक्ष युधिष्ठिर खड्काले जलविद्युत आयोजना निर्माणले स्थानीय स्रोतको सदुपयोग हुनुका साथै सीप प्रबद्र्धन र स्थानीयलाई रोजगारीको समेत अवसर भएको बताए ।

याे पढ्न छुटाउनु भयाे की ?

एपेक्स स्कुलमा ‘दीक्षान्त समारोह’: खेलकुद र सांस्कृतिक प्रस्तुतिले झुम्यो चरिकोट

Nabin Kumar Khatiwada

उज्यालो भविष्य द्वारा शताब्दी पुरुष लगायतलाई सम्मान

Kedar Dahal

भौतिक पूर्वाधार मन्त्री ज्वालाद्वारा द्रुत बस सेवाको अनुगमन

Friendship Khabar