फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ देश स्वास्थ्य

पाठेघरको क्यान्सर विरुद्ध एचपिभी खोप अभियानको शुरु

चरिकोट/दोलखामा ६ हजार ५  सय  बढि  छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको  एचपिभी खोप लगाइने भएको छ ।


दोलखा सदरमुकाम चरिकोटमा  पाठेघरको मुखको क्यान्सर विरुद्धको  खोप अभियान सम्बन्धी जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम मार्फत जिल्लामा  ६ हजार ५  सय   २०  जना विद्यार्थीलाई खोप लगाउने तयारी भएको जानकारी गराइएको हो ।  

जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तम राज खनालका अनुसार दोलखामा  कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी ( ह्युमन प्यापीलोमा भाईसर) विरुद्धको खोप लगाइने छ । जिल्लामा माघ २२ गते देखि १ सय ५९ वटा विद्यालय र ७० वटा स्वास्थ्य संस्थाबाट खोप अभियान सुरु हुने छ ।  विद्यालय बाहिर रहेका, खोप अभियानमा खोप लगाउन छुटेका छात्रालाई खोप अभियानको अन्तिम दिन ७० वटा स्वास्थ्य संस्थाबाट खोप लगाइने खनालले बताउनु भयो । उक्त खोप अभियान दोलखामा माघ २२ गते देखि २८ गते सम्म संञ्चालन हुने छ । 


भीमेश्वर नगरपालिका बाट १ हजार ४ सय ८१, जिरी नगरपालिकामा ५ सय ११, कालिञ्चोक गाउँपालिकामा ८ सय ७३, गौरीशंकर गाउँपालिकामा ५ सय २६, तामाकोसी ५ सय ६५, बैतेश्वर ५ सय ८३, मेलुङ्ग ५ सय ९७, विगु ७ सय १४ र शैलुङ्ग गाउँपालिकामा ५ सय ८६ जना कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रालाई खोप लगाइने छ । खोपको लागि २ सय २९ जना स्वासथ्य कर्मी र ४ सय ५८ जना स्वयमसेवक परिचालन गरिने छ । 

पाठेघरको मुखको क्यान्सर विरुद्धको  खोप समन्वय समितीका अध्यक्ष एवमं जिल्ला समन्वय समिती दोलखाका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकार शिवराम गेलाल,डब्ल्यूएचओका डाक्टर रुपेश चापाँगाई लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा भएको हो । 

याे पढ्न छुटाउनु भयाे की ?

चरिकोटमा आधारभुत सहकारी लेखापालन तालीम

Friendship Khabar

४२ करोड रोयल्टी नबुझाउने याक एण्ड यतिको इजाजतपत्र रद्द

Friendship Khabar

अध्यादेशबारे ७ बुँदे शंकल्प प्रस्ताव जारि गर्दै बचत संघकाे साधारणसभा

Kedar Dahal