फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश राजनीति समाचार स्थानीय समाचार

दोलखामा जनजाति महासंघ समाजबादी सहित ४ घटक संघ गठन

चरिकोट /नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) दोलखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ।

भेलाले बुद्धसिङ तमाङको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।कमिटीको उपाध्यक्षमा यज्ञ बहादुर श्रेष्ठ, राम बहादुर तामाङ्ग,सचिब केशर बहादुर थामी ,उपसचिव कुमार श्रेष्ठ,वसन्त जिरेल र कोषाध्यक्षमा निरु तामाङ्ग लाई सर्वसम्मत चयन गरेको हो ।

साथै भेलाले आज नै ४ वटा घटक शंघहरुको समेत गठन गरेको छ जसअनुसार तामाङ्ग संघ ( समाजवादी )मा  संयोजक   बुद्ध सिंह तामाङ्ग,सचिव राम बहादुर गोले,शेर्पा संघ  (समाजवादी )मा संयोजक आङ छिरिङ शेर्पा सचिव  मिङ्मा छिरिङ शेर्पा,थामी संघ  (समाजवादी)मा संयोजक  सुशीला थामी,सचिव रामशरण थामी र नेवार संघ (समाजवादी) संयोजक धन बाहादुर श्रेष्ठ,सचिव  यज्ञ वहादुर श्रेष्ठ लाई चयन गरेको छ।
चरिकोट स्थित सिमपानी हलमा सप्पन्न कार्यक्रममा नेकपा एकीकृत समाजबादीका केन्द्रिय सदस्य पासाङ शेर्पा,गोपाल न्यौपाने,दिनेशराज शिवाकोटी,प्रदेश कमिटी सदस्य हरु रामकाजी कायस्थ,दिपक धनुके,मोहन थापा,जिल्ला कमिटी अध्यक्ष भिम दहाल,सचीव अशोक दहाल,नेताहरु बिकल श्रेष्ठ,पेमसाङ्बो शेर्पा,तारा लामा लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

याे पढ्न छुटाउनु भयाे की ?

शारदा माविमा निशुल्क छात्राबास सहित पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा

Friendship Khabar

मुख कुल्ला गर्नुपर्छ भन्नेलाई समाजवादी बास्ना आउन थाल्यो:-नेपाल

Friendship Khabar

युवा शक्तिलाई विकास निमार्णमा परिचालन गरिने : श्रम मन्त्री कुँवर

Friendship Khabar