फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार बागमती प्रदेश शिक्षा समाचार स्थानीय समाचार

शैक्षिक सामाग्री वितरण गरेर आफ्नो जन्मोत्सव मनाए युवा व्यवसायी एवं संवाददाता अधिकारिले

केदार दहाल

वैतेश्वर/ मैनापाेखरि बजारका सफल युवा व्यवसायी एवं फ्रेण्डसिप खबर डट कमका संवाददाता पुष्कर अधिकारीले आफ्नो जन्म दिनकाे अवसरमा आफुले कखरा सिकेकाे विद्यालय वैतेश्वर गाउँपालिका वडा-३ मिर्गे पाइलेमा अवस्थित श्री कालिदेवि आधारभुत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरि आफ्नो जन्मदिन मनाएका छन् ।

अधिकारिले जन्मदिनको अवसरमा साथिभाइ जम्मा गरेर खर्च गर्नु भन्दा त्याे खर्च गर्ने रकमले केही नयाँ काम गर्ने साेचका साथ यसपालिकाे जन्मोत्सवमा साना साना विद्यार्थीलाई कापि कलम वितरण गरेर मनाएकाे बताउनुहुन्छ । यसरी वितरण गर्दा अहिलेसम्मकै खुसि प्राप्त भएको महशुस भएकाे बताउनुहुन्छ ।

जन्मोत्सवकाे शुभकामना दिनुहुँदै विद्यालयका सहायक प्र अ तिर्थ ब तामाङले यसरी जन्मोत्सवकाे अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने काम पहिलाे भएकोले अधिकारलाई धेरै धेरै धन्यवाद पनि दिनुभएको थियाे ।

आगामि दिनमा पनि यसरिनै नयाँ काममा सहयाेग गरेर आफ्नो जन्मोत्सव मनाउने व्यवसायि अधिकारीकाे भनाइ छ । उनी विगत ९ वर्ष अगाडिदेखि मैनापाेखरि बजारमा अधिकारि फेन्सि स्टाेर्स नामक फेन्सि पसल चलाउदै आएका सफल युवा व्यवसायी हुन् ।

शैक्षिक सामाग्री वितरण गरेर आफ्नो जन्मोत्सव मनाए युवा व्यवसायी एवं संवाददाता अधिकारिले

याे पढ्न छुटाउनु भयाे की ?

वैतेश्वरमा सामाजिक सुरक्षा संम्बन्धी अभिमुखीकरण

Friendship Khabar

एउटै भालुबाट लगातर दुई जना मानिसलाई आक्रमण

Kedar Dahal

एमाले ओलि गुटमात्र भयो:- महासचिव भुसाल

Friendship Khabar