फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ राजनीति

नेकपा एसनिकट कर्मचारी संगठनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) निकट रहेकाे एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ।

सो संगठनका सहअध्यक्ष शरण कुमार गुरुङकाे नेतृत्वमा गृहमन्त्री श्रेष्ठलाई भेटी मुलुकका विभिन्न स्थानमा रास्ट्रसेवक कर्मचारी  माथी भैइरहेको भौतिक आक्रमणको बिरोध गर्दै दोषिलाई कार्वाहीको दायरामा ल्याउन प्रचलित कानुन अपर्याप्त भएकाे हुदा यस्ता घटनामा संलग्न दाेषिलाई फाैजदारी अपराधमा समावेश गरि कानुनकाे दायरामा ल्याउन विशेष कानुन निर्माणकाे समेत माग गरेको छ।

संगठनले यहि फागुन ११ गते रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत  कृष्ण प्रसाद सापकोटामाथी भएको सांघातिक हमला र फागुन १६ गते बर्दियाको बढैयाताल गाउपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाल माथि भएकाे आक्रमणको घोर भ्रत्सना गर्दै अपराधीलाई कार्वाहिको माग समेत गरेको छ।सो कार्यक्रममा एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष सीता गुरुङ, सचिव भुन कुँवर र प्रतीक तामाङ लगायतको उपस्थिति रहेकाे थियो।

याे पढ्न छुटाउनु भयाे की ?

ह्युल सुम प्रथम गाेल्ड कप-२०८० काे उपाधि खाेल्मे स्पोर्ट्स क्लबलाई

Kedar Dahal

हनुमन्तेश्वर माविले उचाल्यो रास्ट्रपति रनिङ शिल्ड- एकै खेलाडीले लिए ३ स्वर्ण र एक रजत सहित ४ पदक

Kedar Dahal

अब त बिहे गर्नुपर्छ यार !

Friendship Khabar