दिनेश समर्पण
कानुनत २० बर्षपछि बिहे गर्न पाइने ब्यबस्था छ तर सो पछि बिहेको निम्ति उमेर र पढाइ त यति नै बर्ष भनेर निश्चित तोकिएको छैन तर पनि उमेर २५ कटयो पढाइ बिएड पुग्यो अब त बिहे गर्नुपर्छ यार !
हिजोसम्म गाउँघर, बजार,मेलापात, चौतारीमा गर्फ गर्दा बिहे गर्दिन भने केटाले , आज त चट कालो कोट चस्मामा ठमिएर त्यही पिपल चौतारोमा बसेर केटाकेटी छरछेमिकी दाजु भाइ बुढापाका लाई अब त बिहे गर्नुपर्छ यार !
उमेर ढल्कदै गयो, गाउँ समाजले हेला गर्दै गयो, सगै पढेका साथिहरु खरिदार, सुब्बा शिक्षक, डाक्टर , भए आफु उहीँ त्येही बाउको हलो कोदालो समात्ने भयो, अब त बिहे गर्नुपर्छ यार !
घरमा आमाबाको दुख पीडा सहारा, भएनी अब त बिहे गर्नुपर्छ यार !गाउँघरमा छरछिमेकिले नानाथरी गर्फले फलानो त्त्यसै बस्ने भयो बंश नाश गर्नेभयो भएन त्यसै राणौ रह्नेन भयो भने पनि समाजको लागि पनि अब त बिहे गर्नु पर्छ यार !
आफ्ना उमेरका साथिहरु सग बस्यो कति बिहेका कुरा गर्नु भनेर राजनिती गर्ने कामरेडहरु सग बस्यो बिहे के कुरा हुन्छ !
समाजसेबी बुद्धिजीवी पत्रकार साहित्यकार लेखक सग बस्यो बिहेकै कुरा हुन्छ !त्यस्ता बहस तर्क बितर्क र कुराकानीमा मिठास र सौन्दर्यता कडातर्क दिन पनि त बिहे गर्नुपर्छ यार !
यो उपन्यासको अध्ययनमा डुब्दा प्रेमको नामले विभिन्न पुस्तक पढने , भनेर दर्जनौ उपन्यास कथा कबिता पढन थाल्दा, यस्ता थुप्रै पुस्तकहरु महारानी, एक सर्को माया, पहेलपुर जस्ता मदन पुरस्कार जितेका हुन्छन ! यस्तै पुरस्कार जित्ने पुस्तक लेख्छ भनेर लाग्यो होला अब त बिहे गर्नुपर्छ यार ! यो लेखमा अब त बिहे गर्नुपर्छ यार ! भनेर ब्यङ्गय गर्दै लेख पढेपछी बिहे नगरेका जिस्काउने धैरै हुनेछन ! त्यसैले बिहेले बास्तबिक यथात कहानी लिएर यहाँ पाठकसम्म आउनलाई पनि त बिहे गर्नुपर्छ यार !
ठाटिकाँध-६ दैलेख(हाल वैतेश्वर, दोलखा )