फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति

समाजवादी काभ्रेको अधिवेशन तयारी पूरा

काभ्रे/नेकपा (एकीकृत समाजवादी) काभ्रे अधिवेशनकाे तयारी पूरा भएको छ। आगामी चैत ३ र ४ गते हुने १० औं जिल्ला अधिवेशनकाे तयारी पूरा भएको जिल्ला पार्टी कार्यालय काभ्रेले जानकारी दिएको छ।

अधिवेशनकाे सम्पूर्ण तयारी पूरा भइसकेको जिल्ला अधिवेशन मुल आयाेजक समितिका संयाेजक बसुन्धरा हुमागाँईले जानकारी दिनु भयो । उहाँका अनुसार अधिवेशन सम्पन्न गर्नका निम्ति विभिन्न उपसमिति बनाएर उपसमितिका संयाेजकलाई जिम्मेवारी ताेकि सकिएकाे छ।

मुल आयाेजक समितिले अधिवेशन भव्यताका साथ सम्पन्न गर्न र कामकाे जिम्मेवारी बाँडफाँड गरि चाप कम गर्न विभिन्न उपसमितिहरु बनाएको हो । उक्त समितिले प्रचार प्रसार उपसमिति,प्रतिनिधि व्यवस्थापन उपसमिति,आर्थिक व्यवस्थापन उपसमिति ,अतिथि सत्कार उपसमिति,प्रतिवेदन लेखन उपसमिति बनाएको छ। यस्तै जनपरिचालन उपसमिति , स्वयमसेवक उपसमिति , आवास उपसमिति , प्राथमिक स्वास्थ उपसमिति बनाइएको र उपसमितिका संयाेजक ताेकि जिम्मेवारी प्रदान गरिएको संयाेजक हुमागाँईले बताउनु भयो ।

उपसमिति संयाेजककाे  जिम्मेवारी पाउनेमा प्रतिनिधि व्यवस्थापन समिति संयाेजक बसुन्धरा हुमागाई , आर्थिक व्यवस्थापन समिति संयाेजक गाेकुल गौतम , अतिथि सत्कार संयाेजक यसु लामा,प्रचार प्रसार समिति संयाेजक सराेज कुइकेल हुनुहुन्छ भने प्रतिवेदन लेखन समिति संयाेजककाे भूमिकामा हरिगाेपाल प्रधानाङ्ग , जनपरिचालन समिति संयाेजकमा भेषराज शाह , आवास व्यवस्थापन समिति संयाेजकमा रघुवर चौ प्रधान , स्वयमसेवक परिचालन समिति संयाेजकमा शिवराम दाहाल र प्राथमिक स्वास्थ समिति संयाेजककाे जिम्मेवारी सुन्तली तामाङले पाउनु भएको छ।

जिल्ला अधिवेशनकाे उदघाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गर्नु हुने छ। उक्त उपसमितिले चैत ३र ४ गते हुने दशौं जिल्ला अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न गरिने विश्वास लिइएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

प्रदेशमा रहेर पनि यूएईमा तीज विशेष कार्यक्रम 

Friendship Khabar

नारी दिवसलाई स्थानीय संस्कृति बनाऔं

Friendship Khabar

शिक्षक निवृत्तिभरण सम्बन्धी अध्यादेशप्रति आपत्ति, देशव्यापी आन्दोलनकाे चेतावनी

Kedar Dahal