तेन्जिङ शेर्पा
नव जन उत्थान साकोस बैतेस्वर -३ खावा दोलखाको आयोजना र लालीगुराँस कम्युनिटी अस्पताल वैतेस्वर -६ बुस्तिको सहकार्यमा नि: शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।

शिबिरमा करिब दुई सय जनाको स्वास्थ परिक्षण गरिएकोछ । संस्थाका सदस्य तथा गैर्ह सदस्यलाई स्वास्थ परामर्श दिई प्राथमिक उपचार तथा प्राथमिक नि : शुल्क औषधि वितरण गरिएको थियो ।
नि : शुल्क स्वास्थ शिविर संस्थाका अध्यक्ष तेन्जिङ शेर्पाको अध्यक्षता र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खडकाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । स्वास्थ शिविरमा विदेशि एमडि डा Joshua Brudd, डा सुरेन्द्र तमाङ र डा बिवेक सापकोटाले स्वास्थ परिक्षण गरिएको थियो ।

स्वास्थ शिविरको प्राविधिक सहयोग वैतेस्वर – ६ स्थित लालीगुराँस कम्युनिटि अस्पतालले गरेको थियो । शिविरमा नि : शुल्क सहयोग गरे वापत लालिगुराँस अस्पताल र शिविरमा खट्ने डाक्टरहरुलाई सँस्थाका अध्यक्ष तेन्जिङ शेर्पाले प्रंशसा पत्र वितरण गर्दै धन्यवाद व्यक्त गरेको गर्नु भएको थियो ।




