फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश

सुन चाँदी रत्न तथा आभुषण महासंघको केन्द्रिय पदाधिकारीमा धनुके निर्वाचित

काठमाडौ/नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघको केन्द्रिय सह कोषाध्यक्षमा दोलखाका दिपक धनुके निर्वाचित भएका छन।

राजधानी काठमाडौमा सम्पन्न दशौं बार्षिक साधरण सभा तथा पाँचौं राष्ट्रिय महाधिवेशनबाट धनुके सह कोषाध्यक्ष निर्वाचित भएका हुन।

दोलखा सदरमुकाम चरिकोटमा सफल सुन चाँदी व्यवसायीको पहिचान बनाएका धनुके केन्द्रिय महासंघ को नेतृत्वमा पुगेका हुन।

यसैगरी महासंघको अध्यक्षमा किसान सुनार प्रथम उपाध्यक्ष द्वरिका विश्वकर्मा द्वितीय उपाध्यक्ष सुधिर सर्वसम्मत रुपमा र तृतीय उपाध्यक्ष प्रेम खाती,महासचिब बिमल धमला,सचिब केशर बिक सचिब पृथ्वी विक,कोषाध्यक्ष गणेश बिक सह कोषाध्यक्ष दिपक धनुके र १९ केन्द्रिय कार्यसमिति सदस्य निर्वाचन प्रक्रिया बाट निर्वाचित भएका हुन।

निर्वाचनको नतिजा अनुसार तृतीय उपाध्यक्ष प्रेमबहादुर खातीले १ सय ७५ मत,महासचिवमा विमल धमला (नीरबहादुर वि.क)ले १ सय ५५ मत,सचिव केशरबहादुर वि.कले २ सय र पृथ्वी विश्वकर्माले १ सय ६६ मत कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्माले १ सय ८६र सहकोषाध्यक्ष दिपक धनुके १ सय ५७ मतसहित निर्वाचित भएका हुन।

कार्यसमिति सदस्यमा बृद्धिबहादुर विक, भूपेन विक, उमेश गहतराज,कुमार विश्वकर्मा,जगतबहादुर सुनार, राजेन्द्र विश्वकर्मा, केशवबहादुर सुनार, सोमबहादुर विक, कमलप्रसाद लामिछाने, त्रिलोचन  विश्वकर्मा, किशोर सेन्चुरी, मानबहादुर सुनार, सूर्य कुमार बराल, सुरथबहादुर सुनार, हेम सागर गहतराज (सुनार), उमेश प्रसाद शाह, निरंजन कुमार शाह, प्रेमकुमार स्वर्णकार र विद्या सागर ताम्राकर निर्वाचित भएका छन।यस्तै महिला सदस्यमा सुलोचना सापकोटा, दाना हमाल, लोप्साङ छोडेन शेर्पा, प्रदेश सदस्य (पदेन)मा देवीकृष्ण पाण्डेय र रामबहादुर विक सर्वसम्मत निर्वाचित भएका छन ।
अधिवेशनमा महासंघमा आवद्ध ३२ संस्थाका कुल ३ सय ८४ प्रतिनिधि सहभागी थिए ।नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघमा ३३ वटा केन्द्रिय स्तरका सुन चाँदी व्यवसायी संघ हरु आवद्ध रहेका छन ।

याे पढ्न छुटाउनु भयाे की ?

नार्कका निर्देशक भट्टराई इन्टरनेशनल इनोभेसन एलाइन्सको उपाध्यक्ष

Friendship Khabar

दोलखामा  स्थानीय तह कर्मचारी  हक हित  संघर्ष समिति गठन

Friendship Khabar

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

Friendship Khabar