फ्रेण्डसिप खबर
आजको ताजा समाचार शिक्षा समाचार

रेडक्रसद्वारा आयोजित हाजिरि जवाफ प्रतियोगितामा हनुमन्तेश्वर मावि प्रथम

केदार दहाल
दाेलखा/नेपाल रेडक्रस सोसाइटी दोलखा शाखा, नेपाल रेडक्रस सोसाइटी भिनपा उपशाखा र दाेलखाली समाज दक्षिण काेरियाद्वारा आयोजित माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा हनुमन्तेश्वर मावि वैतेश्वरले प्रथम स्थान हाँसिल गरेको छ ।

भिम मावि भिनपा-२ दाेलखामा भएको प्रतियोगितामा खारे मावि गाैरिशंकर दोस्रो, सरस्वती मावि जिरी तेस्रो र महेन्द्रदय मावि भिनपाले सान्त्वना स्थान हाँसिल गर्न सफल भएका हुन् । जिल्लाका ९ वटा स्थानीय तह मध्ये ७ वटा स्थानीय तहका बाट सहभागिता जनाएका थिए ।

दाेलखा शाखाका सभापति ईश्वरी दहालकाे अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी टुवराज पाेखरेलकाे प्रमुख आतिथ्यता र शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख शंकर बाबू श्रेष्ठकाे विशेष आतिथ्यतामा सम्पन्न भएको हाे । प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई प्रमुख अतिथि पाेखरेलले नगद पुरस्कार क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई १२ हजार, ९ हजार, ६ हजार र ३ हजार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

एमाले उम्मेद्बार शिवाकोटी विरूद्ध उजुरी

Friendship Khabar

जिल्लाकै उत्कृष्ट कर दाखिला गरे बापत जनसचेतन साकाेस सम्मानित

Kedar Dahal

नेकपा एस केन्द्रिय परिषद बैठक,यी हुन पारित १५ बुँदे प्रस्ताव

Friendship Khabar