फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कृषि गृह पृष्ठ बागमती प्रदेश

नार्कका निर्देशक भट्टराई इन्टरनेशनल इनोभेसन एलाइन्सको उपाध्यक्ष

काठमाडौं/नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुबराज भट्टराई इन्टरनेशनल माउन्टेन एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी इनोभेसन एलाइन्सको उपाध्यक्षमा निर्बाचित भएका छन् ।

चीनको सिचुवानस्थित अमिसानमा जुलाई ६ र ७ मा आयोजना गरिएको वैठकमा मतदानबाट डा. भट्टराई उपाध्यक्षमा निर्बाचित भएका हुन् ।

करिब १५० भन्दा बढी प्रतिनिधि बिशेषज्ञहरु सहभागी भएको कार्यक्रमबाट सो एलाइन्सको अध्यक्षमा डा. मु.लाइ  निर्बाचित भएका हुन्। डा. मु. सिचुवान एकेडेमी अफ एग्रिकल्चर साइन्सका अध्यक्ष पनि हुन् । त्यसैगरी सो बैठकले विभिन्न पद र सदस्यहरुको पनि निर्बाचन गरि चयन गरेको छ।सो एलाइन्सले समग्र पर्बतिय क्षेत्रको बिकासमा काम गर्दै आएको छ। पर्बतिय क्षेत्रमा बसोबास गर्ने जनताको जिबनस्तर सुधार ल्याउन प्रबिधि विकास, ज्ञान र शिप आदानप्रदान गर्दै आएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

एक वर्षको अन्तरमा जिरी हिलेका बाबु–छोरा दुवैले चुमे सगरमाथा

Kedar Dahal

दोलखाको विकट गाउँमा ११४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Nabin Kumar Khatiwada

उषा गजुरेलको गीत “श्वास”को भिडियो सार्वजनिक

Friendship Khabar