फ्रेण्डसिप खबर
गृह पृष्ठ राजनीति समाचार

एमाले कैलाली जिल्ला सल्लाहकार सहित ५ जनाले रोजे नेकपा एस

धनगढी/नेकपा एमाले कैलालीका जिल्ला सल्लाहकार सहित ५ जना नेकपा (एकीकृत समाजवादीमा ) समाहित भएका छन् ।
विगत लामो समय देखी कम्युनिष्ट पार्टीमा काम गर्दै आएका कैलालीको चुरे गाउँपालिका पुराना नेता तिल बहादुर साउँद सहितकाले नेकपा एस रोजेका हुन ।
आईतबार धनगढी स्थीत प्रदेश पार्टी कार्यालयमा पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज गरीमा शाह तथा पार्टीका प्रदेश उपसचिव, संसदीय दलका नेता दीर्घ सोडारीले खाँदा दोसल्ला ओडायर समाहित गराएका हुन । यस्तै चुरे गाउँपालिकाका प्रेमलाल गौतम, जगत धामी, प्रेम पौड्याल, लाल बहादुर धामीले जनताका भावना अनुसार काम गर्ने व्यक्ति नेकपा (एस)मा मात्रै भएकाले यो पार्टी रोजेको तिल बहादुर साउँदले बताउनु भयो ।
यस्तै उँहाहरु लाई पार्टीमा स्वागत गर्दै कैलाली इन्चार्ज समेत रहेका दीर्घ सोडारीले पार्टी प्रति आकर्षण बढेको बताउनु भयो । प्रवेशीहरुको लहर चलेको समाजवादी अभियानमा आउने जोसुुकै लाई उचित जिम्मेवारी दिइने बताउनुु भयो । यस्तै समाहित कार्यक्रममा बोल्दै पार्टीका सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले केपी ओलीको अंहकार र तानाशाही प्रवृतीका कारण पार्टीका पुराना नेता तथा कार्यकर्ता मु्ल पार्टी नेकपा(एस) मै आउने विश्वास गरीन् । कम्युनिष्ट पार्टीमा स्थापित नेताहरु विस्तारै एस संग जोडीदै छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

एमाले ओलि गुटमात्र भयो:- महासचिव भुसाल

Friendship Khabar

जनसचेतन द्वारा सहकारी दिवसमा रक्तदान

Friendship Khabar

सबै मिले मात्र विकास सम्भव:-मन्त्री चौधरी

Friendship Khabar