फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कृषि गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

कृषि तथा भेटेनरी प्राविधिक हकहित संरक्षण प्रदेश समिती गठन

नवीनकुमार खतिवडा

चरिकोट/नेपाल कृषि तथा भेटेनरी प्राविधिक हकहित संरक्षण समितीको बागमती प्रदेश स्तरीय समिती गठन भएको छ।
शनिबार दोलखा सदरमुकाम चरिकोटमा आयोजित बागमती प्रदेश स्तरीय भेलाले दिपक थपलिया (दोलखा)को अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति गठन गरेको हो।समितिको उपाध्यक्षमा राजकुमार कार्की (सिन्धुली)सचीव झम्क बहादुर क्षेत्री (धादिङ)कोषाध्यक्ष यमुना श्रेष्ठ (रामेछाप )लगायत सदस्य हरु रहेका छन।

हकहित संरक्षण समितिका दोलखा जिल्ला अध्यक्ष नवराज दहालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य भरत केसि,केन्द्रिय अध्यक्ष एम बि रावल,नेकपा एकीकृत समाजवादीका केन्द्रिय पोलिटव्युरो सदस्य शिव प्रसाद भन्डारी,नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ,पशु बिज्ञ केन्द्रका प्रमुख पलट चौधरी,कृषि ज्ञान केन्द्र संपर्क कार्यालय चरिकोटका प्रमुख नन्दराज ओलि,पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईं लगाएतले कृषि तथा भेटेनरी प्राविधिक हरुले स्थानीय स्तरमा गरेको योगदानको चर्चा गर्नुभएको थियो।

एक गाविस एक कृषि तथा पशु प्राविधिक ब्यबस्थापन कार्यबिधी २०७२ बमोजिम लोक सेवा आयोगको मापदण्ड पूरा गरि नियुक्त भएका प्राविधिक हरुको हक हित संरक्षणका लागि समिति गठन गरिएको दोलखा जिल्ला हकहित संरक्षण समितिका सचीव जीवन शर्मा रिमालले जानकारी दिनुभयो।उहाँका अनुसार देशभर २२ सय जना प्राविधिक हरु कार्यरत रहेका छन।
लोक सेवा आयोगको मापदण्ड पूरा गरि करार सेवामा नियुक्ति भएका प्राविधिक हरुलाई  सरकारले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने लगाएतका माग राखेर सरकार लाई दवाब सिर्जना गर्न हक हित संरक्षण समिति देशभर गठन गरिएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

वैतेश्वर रनिङ शिल्ड हनुमन्तेश्वर माविकाे कब्जामा

Kedar Dahal

“हाम्राे बजार राम्राे बजार ” यसमा जनसचेतनकाे नजर

Kedar Dahal

दोलखा बाट सिफारिस भएका रुद्रबहादुर खड्का यस्तो छ राजनैतिक पृष्ठभुमि

Nabin Kumar Khatiwada