फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

आमा समुहलाई भान्साघर औषधालय कार्यक्रम

चरिकोट/दोलखाको मेलुङमा भान्साघर औषधालय कार्यक्रम सम्मन्न भएको छ ।

मेलुङ गाउँ पालिका वडा नं. ४ भेडेपुका स्वास्थ्य आमा समुहका प्रतिनिधिहरुको सहभागितामा संचालन गरिएको कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङको प्रमुख आतिथ्य,उपाध्यक्ष श्री गायत्री आचार्यको विशिष्ट आतिथ्य लगायत वडा अध्यक्षहरु, मेलुङ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख,आयुर्वेद शाखा प्रमुख लगायतको उपस्थितिमा गरिएको हो।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. मनोज कुमार चौधरी र आयुर्वेद चिकित्सक डा.सुकृति ढुंङ्गानाले सहभागीहरुलाई स्वस्थ रहने उपायहरुका साथै हाम्रा भान्सा तथा करेसाबारीमा हुने जडिबुटिहरुको औषधीय प्रयोगका बारे प्रस्तुति गर्नु भएको थियो ।

आयुर्वेद केन्द्रका प्रमुख डा.मनोज कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हिरा थोकरले आयुर्वेद सेवालाई गाउँपालिकाले प्राथमिकतामा राखेको वताउदै हाम्रो आहार विहारमा सामान्य परिवर्तन गर्न सकियो भने हामी स्वास्थ रहन सक्ने बताउनु भयो।आयुर्वेद सेवा जडिबुटिको प्रयोगको बारेमा हरेक स्वास्थ्य आमा समुहमा चर्चा हुनु पर्नेमा पनि जोड दिनु भयो ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले हामीले भान्सामा परम्परागतरुपमै औषधीय जडिबुटीहरुको प्रयोग गरिरहेको तर यसको औषधीय प्रभावको बारेमा जानकारी नपाएको बताउदै यस कार्यक्रमले हाम्रा घर तथा भान्सा उपलब्ध जडिबुटीहरुको प्रयोग गर्न प्रोत्साहन गरेको र यसको प्रयोगले हामी स्वस्थ रहने हुँदा यसलाई हाम्रो व्यवहारमा प्रयोग गर्नु पर्ने बताउनु भयो।

याे पढ्न छुटाउनु भयाे की ?

समाजवादी तामाकोसी अध्यक्षमा झनक खड्का,सचीव यज्ञ श्रेष्ठ(अधिवेशन फोटो फिचर)

Friendship Khabar

उप्रेतीको संयोजकत्वमा उज्यालो नेपाल पार्टी दोलखा गठन

Nabin Kumar Khatiwada

व्यक्तिगत लगानीमा विद्यार्थीलाई दिवा खाजा

Nabin Kumar Khatiwada