फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ

लालीगुरास अस्पतालमा कपिङ थेरापी सेवा

दोलखा /वैतेश्वर गाउँपालिका वडा नं ६ नाम्दु बुस्तिमा रहेको लालीगुरास कमिन्युटी अस्पतालले कपिङ थेरापी सेवा संचालनमा ल्याएको छ।
बिशेष गरि ढाड,कम्मर तथा नशा रोगको उपचारका लागि प्रयोग गरिने कपिङ थेरापी उपचार पद्धति सेवा लालिगुरास अस्पतालले संचालनमा ल्याएको हो।

कपिङ थेरापी प्राकृतिक उपचार विधि हो,यसले रक्त प्रवाहमा सहजता ल्याइ शरिरको मांसपेशी लचिलो बनाउने हुदा शरिरिक समस्या हरु समाधान हुने अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर सुरेन्द्र तमाङ ले जानकारी दिनुभयो।यो उपचार पद्धतिमा शरीरका विभिन्न भागमा सक्सन कप राखी सो मार्फत शरीरभरि सक्सन सिर्जना गरि शरीरको रक्त प्रवाह नियमित र प्रभावकारी हुने डाक्टर तमाङले बताउनुभयो।
बिशेष प्रबिधीको माध्यमबाट सबै खाले रोगहरुको उपचार गरिने यस बिधिले ढाड दुख्ने, कम्मर दुख्ने, घुढा दुख्ने, गर्दन दुख्ने, जोर्नी दुख्ने, हड्डी खिईएको,नसा च्यापीएको, हात खुट्टा झम्झमाउने, प्यारालाइसिस, मुख बङ्गिएको, टाउको दुख्ने, माइग्रेन,अनिन्द्रा, ग्यस्ट्रिक्स, जन्डिस, दम, कान कराउने, कान नसुन्ने, मटोपन सम्बन्धी रोगको उपचार हुनेछ।

चीनिया प्रविधिको यो थेरापी हाल बिश्वब्यापी रुपमा संचालनमा ल्याइएको छ,ढाड नसाको समस्याको अलवा यसले टाउको दुख्ने,माइग्रेन,छालाको समस्या समेत समाधान हुने डाक्टर तमाङ ले जानकारी दिनुभयो।

याे पढ्न छुटाउनु भयाे की ?

ओलिले कम्युनिष्ट भन्ने बित्तिकै जनता डराउने अवस्था बनाए:-चौधरी

Friendship Khabar

अनशनरत कर्मचारी बारे आयुर्वेद कार्यालयको ध्यानाकर्षण

Friendship Khabar

वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै परीक्षा तथा नतिजा प्रकाशन पनि

Kedar Dahal