फ्रेण्डसिप खबर
आजको ताजा समाचार समाचार स्थानीय समाचार स्वास्थ्य

अनशनरत कर्मचारी बारे आयुर्वेद कार्यालयको ध्यानाकर्षण

चरिकोट /जिल्ला आयुर्वेद कार्यालय दोलखा ले कार्यालय सहयोगीको आन्दोलन बारे ध्यानाकर्षण भएको जनाएको छ। आयुर्वेद स्वास्थ्य केन्द्रमा विगत केही समय देखि कार्यरत कार्यालय सहयोगीहरू तथा अभ्यकर्ताहरुले फागुन १ देखि “निष्कासित कर्मचारीको पुनहाली गर” भन्ने माग राखी गरिएको रिले अनसनमा बारे कार्यालयको ध्यानाकर्षण भएको जनाएको हो।

कार्यालयका आयुर्वेद चिकित्सक डा. पुनम नेपालका अनुसार करार सेवामा कार्यरत उक्त कर्मचारीहरूले आफ्नो पदीय जिम्मेवारी अनुसार कामकाज नगरेको, कार्यालयको सरसफाईमा ध्यान नदिएको कार्यालयप्रति जबाफदेही नभएको तथा कार्यालयका सामानको सुरक्षा नगरेको हुँदा उक्त कर्मचारीलाई पटक पटक मौखिक चेतावनी दिईएको जनाएको छ।

कार्यालयमा सहयोगीको रिक्त दरबन्दी तथा अन्य विभिन्न कार्यक्रम अन्तर्गत करार सेवामा कुल ११ जना कर्मचारीहरू कार्यरत रहेको र उक्त सबै कर्मचारीहरूको करार सम्झौताको म्याद २०७८ मंसिर मसान्तमा सकिएको र पौष महिनामा नविकरण हुनु पर्नेमा उक्त ३ जना कर्मचारीहरुले माघ महिनाको ५ गते सम्म पनि म्याद थपको लागि निवेदन नदिएको हुनाले निजहरूको सेवा करार स्वतः विच्छिन्न भएको जनाएको छ।

साथै निजहरूको तत्कालीन सेवा करार सम्झौतामा भएका शर्त अनुसार यदी सेवा सन्तोषजनक नभएमा, आचरण सम्बन्धि कुराहरू बारम्बार उल्लङ्घन भएमा, विदा लिएको समय भन्दा बाहेक पनि लामो समयसम्मका लागि सेवा दिन असमर्थ रहेर सेवा विच्छिन्न भएमा सम्झौता स्वतः रद्द हुने उल्लेख भए अनुसार निजहरूलाई सेवामा पुनर्बहाली गर्न नमिल्ने भएको आयुर्वेद कार्यलय दोलखाको दाबी रहेको छ। साथै पुनः कर्मचारी भर्ना प्रक्रियामा जान पर्ने हुनाले यो प्रक्रिया यथाशिघ्र अघि बढाउने समेत जानकारी दिएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

श्रम मन्त्रीको निर्देशनमा मेनपावरमा छापा, ८७ थान पासपोर्ट जफत

Friendship Khabar

एकीकृत सरकारी कर्मचारी संगठनको अध्यक्षमा बिप्र खड्का

Friendship Khabar

सुनमा लगाएको बिलासीता कर हटाउन माग गर्दै ध्यानाकर्षण

Nabin Kumar Khatiwada