फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ देश राजनीति

एकीकृत सरकारी कर्मचारी संगठनको अध्यक्षमा बिप्र खड्का

चरिकोट/एकीकृत सरकारी कर्मचारी संगठन नेपाल दोलखाको अध्यक्षमा बिप्र खड्का निर्वाचित हुनुभएको छ।
दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न संगठनको प्रथम अधिवेशन ले बिप्र खड्काको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।समितिको उपाध्यक्षमा वीर बहादुर दहाल र राधिका बुढाथोकी सचीव रामजी प्रसाद दहाल,सहसचिव रत्न बहादुर दहाल,कोषाध्यक्ष जीवन शर्मा रिमाल सहित सदस्य हरु रहेका छ्न।
नवनिर्वाचित अध्यक्ष बिप्र खड्का जिल्ला समन्वय समितिमा कार्यरत रहेका छ्न भने उपाध्यक्ष वीर बहादुर दहाल डिभिजन बन कार्यालय र महिला उपाध्यक्ष राधिका बुढाथोकी भिमेश्वर नगरपालिका,सचिब रामजी प्रसाद दहाल वैतेश्वर गाउँपालिका,सहसचिव रत्न दहाल पहाडी बाली अनुसन्धान कार्यक्रम र कोषाध्यक्ष जीवन शर्मा रिमाल गौरीशंकर गाउँपालिकामा कार्यरत कर्मचारी रहेका छ्न।
बिप्र खड्का को अध्यक्षतामा भएको जिल्ला अधिवेशन को नेकपा एकीकृत समाजबादीका केन्द्रिय पोलिटव्युरो सदस्य शिव प्रसाद भण्डारीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो।
उद्घाटन सत्रमा विशेष अतिथिको रुपमा मन्तव्य राख्दै एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय महासचिव शरण कुमार गुरुङले एकीकृत सरकारी कर्मचारी संगठन अन्य  निजामती कर्मचारी संगठन भन्दा फरक उदेश्य र लक्ष्यका साथ गठन गरि दर्ता गरिएको यहाँ राज्यका निजामती कर्मचारी मात्र नभएर सवै किसिमको सरकारी कर्मचारी रहने गरि दर्ता गरिएको साझा संगठन हो,जसलाई तीनै तहका सरकारी कर्मचारी हरु आवद्ध गराएर दर्ता गरिएको छ जानकारी दिनुभयो,त्यसैले अन्य संगठन भन्दा यो संगठन सवै किसिमका सवै प्रकृतिका सरकारी कर्मचारी हरुको एकमात्र एकीकृत संगठन भएको बताउनुभयो।
कार्यक्रममा संगठनका केन्द्रिय सदस्य अर्चना कुमारी झा,नेकपा एकीकृत समाजबादी बागमती प्रदेश कमिटी सदस्य शुसिला शर्मा,दोलखाका अध्यक्ष भिम दहाल,पेशागत महासंघ दोलखाका अध्यक्ष गोपालध्वज श्रेष्ठ लगाएत ले शुभकामना दिनुभएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखालि समाज दक्षिण कोरियाको अध्यक्षमा पुन थापा निर्वाचित

Kedar Dahal

१५ जनाको ज्यान लिएको १४ वर्ष अघिको बोत्ले घटना

Nabin Kumar Khatiwada

दाहाल प्रतिष्ठान दोलखाको तेश्रो अधिवेशन

Friendship Khabar