फ्रेण्डसिप खबर
गृह पृष्ठ

मेयर हर्क साम्पाङले सार्वजनिक गरे सय दिनका कामहरु

प्रदेश नम्बर एक मा पर्ने सुनसरी जिल्ला धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आफू धरानकाे मेयर भएपछि एक सय दिनभित्र के-के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ दिदै उनले १३ वटा कामहरु बिहीबार आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरेका छन!
मेयर राईले बिहीबार आफ्नो फेसबुक पेजबाट सार्वजिनक गरेका कामका विवरणमा उनले भनेका छन्।

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
२. ४ ठाउँबाट खानेपानीको मूहान थपें !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
४. ६ लाख विरुवा रोपें !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन !
९. लागु औषध विरुद्धको अभियान शुरु गरें !
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !

याे पढ्न छुटाउनु भयाे की ?

गौरीशङ्कर बालगृहमा शैक्षिक परिवर्तन प्रतिष्ठानले अक्षयकोष स्थापना गर्ने

Nabin Kumar Khatiwada

आँधीखोलाका युवा मौलिक पिङ संरक्षणमा जुट्दै!!!

Nabin Kumar Khatiwada

नेकपा एसनिकट कर्मचारी संगठनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र

Friendship Khabar