फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ

आँधीखोलाका युवा मौलिक पिङ संरक्षणमा जुट्दै!!!

स्याङजा/ नेपालीहरुको महान् चाड दशैं घरआँगनमा छाएको छ।

आज घटस्थापनाको दिन घरघरमा शास्त्रीय विधिअनुसार जमरा राख्ने गरिन्छ। पहिले- पहिले आजकै दिनबाट गाउँघरतिर पिङ बनाउने होड सुरु हुन्थ्यो। पिङले हामी नेपालीहरुको चाडपर्वमा विशेष स्थान राख्ने गर्दथ्यो। दशैंको विशेष आकर्षण पिङ नै हुने गर्दथ्यो। खासगरी चमराली पिङ, लिङ्गे पिङ। पिङ चाडपर्वमा संस्कृति झल्काउने विधा मात्र नभएर यसकाे फाइदा स्वास्थ्य सँग पनि जाेडिएर आउछ। पिङ खेलिरहँदा रोमाञ्चित र रमाइलाे त हुन्छ नै, स्वास्थ्य पनि राम्रो हुन्छ। त्यसैले नै भनिएको होला, दशैंमा एक पटक भूँई छाड्नुपर्छ। खुला एवं अग्लो स्थानमा पिङ बनाउन सुरु भएसँगै गाउँघरमा दशैंको रौनकता थपिने गर्दथ्यो। केटाकेटी, तन्नेरी मात्र होइन, बुढाबुढी समेत पिङ खेल्न झुम्मिने गर्दथे। दशैं पर्व सुरु हुनु अगावै गाउँघरका युवाहरुलाई पिङ निर्माण गर्न भ्याइनभ्याई हुन्थ्यो।

अहिले भने परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहुँदा संस्कृति नै हराउँदै गएको छ। सहर केन्द्रित बसाई, गाउँमा युवा जनशक्तिको अभाव साथै विस्तारै बढ्दै गएको आधुनिकताको अनुसरणमा हाम्रा मौलिक संस्कृति छाँयामा पर्दै गएको समयमा आँधीखोलाका युवा भने मौलिकताको जगेर्नामा कम्मर कसेर लागेका छन्।लामो समय रोजगारीको शिलशिलामा कतारमा रहेर भर्खरै नेपाल फर्किएका स्थानीय युवा दुर्गा पौडेलले आधुनिकताको नाममा नेपाली समाजमा भित्रिदै गएको पश्चिमी संस्कृतिलाई नकार्दै जाँडरक्सी पिउने र जुवातास खेल्ने प्रवृत्तिको अन्त्य गर्न गाउँमा पिङ निर्माण गरिएको बताए। स्थानीय युवाहरुको सहभागिता, श्रमदान र केही आर्थिक संकलनमा पिङ निर्माण अन्तिम चरणमा पुगेको बताउदैं गाउँपालिकाले विशेष महत्व राखी सहयोग गरेमा मौलिकताको संरक्षणमा थप टेवा पुग्ने विश्वास पनि व्यक्त गरे।

याे पढ्न छुटाउनु भयाे की ?

सुरिमा नागरिक आरोग्य स्वास्थ्य केन्द्र स्थापना

Friendship Khabar

एकीकृत सरकारी कर्मचारी संगठनको अध्यक्षमा बिप्र खड्का

Friendship Khabar

एमाले-राप्रपा र परिवार दलबीच देशभर गठबन्धन गर्ने सहमति

Friendship Khabar