फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

जनसचेतन ३० औं बर्षमा,सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार केवी उप्रेतीलाई

नवीनकुमार खतिवडा

मैनापोखरी/दोलखाको वैतेश्वर ४ काब्रे स्थित जनसचेतन बचत तथा ऋण सहकारी ३० औ बर्षमा प्रवेश गरेको छ।

२०५० साल असोज २२ मा तत्कालीन काब्रे गाबिसमा ३४ जना शेयर सदस्य हरु मिलेर यज्ञराज ढुङेल को अध्यक्षतामा स्थापना गरिएको जनसचेतन सहकारी ३० औ बर्षमा प्रवेश गरेको हो।हाल संस्थामा २ अर्व ३० करोड कुल पुजी तथा ३७ हजार शेयर सदस्य पुगेको छ्न।

संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईं को अध्यक्षता मा भएको ३० औ स्थापना दिवसको आज एक कार्यक्रमका बिच  जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले उद्घाटन गर्नुभएको हो।उद्घाटन समारोहमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेती,वैतेश्वर गाउँपालिका कि उपाध्यक्ष कल्पना उप्रेती,संस्थाका पुर्व अध्यक्ष एवं बागमती प्रदेश सहकारी संघका महासचिव भिम दहाल,बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्का,जिल्ला सहकारी संघका महासचिव कृष्ण प्रसाद दहाल,जनमुखी साकोषका उपाध्यक्ष गीताकृष्ण शर्मा,जनजागरण साकोषका अध्यक्ष पवन दहाल,जनसचेतन का वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

दोलखा जिल्ला,काठमाडौ उपत्यका र काभ्रेपलान्चोक जिल्ला समेत ५ जिल्लामा आफ्नो कार्यक्षेत्र रहि सेवा पुर्याउदै आएको जनसचेतन सहकारी  सस्था सस्थाहरुको गुणस्तर सुनिश्चितता सम्बन्धि अन्तरास्ट्रिय स्तरको प्रमाणीकरण कार्यक्रम एक्सेस ब्रान्ड अन्तर्गत एसियायी ऋण माहासङ्ग बाट सिल्भर ब्रान्ड प्राप्त सहकारी हो।सस्थाले बचत तथा ऋणको अलवा विभिन्न सामाजिक कार्यहरुमा पनि कार्य गर्दै आएको छ।सस्थाका सचीव कमल दहालका अनुसार सस्थाले ७५ बर्ष पुगेका शेयर सदस्य हरु लाई आजिबन मासिक ५०० भत्ता जनसचेतन आजिबन साहारा उपलब्ध गराउदै आएको छ भने गरिब जेहेन्दार छात्रवृत्ति,सदस्य हरुलाई उपचार सेवा मा छुट,उत्कृष्ट बचत कर्ता,ऋणी,शेयर खरिद कर्ता सम्मान लगाएतका कार्यक्रम हरु रहेका छन साथै सस्थाले सदस्य सुरक्षा कोष कार्यक्रम मार्फत सदस्य को मृत्यु पश्चात् परिवारको आर्थिक सुरक्षा गर्ने अभिप्राय ले मृत्यु हुँदा आश्रित परिवारलाई १० हजार देखि ४० हजार सम्म प्रदान गर्दै आइरहेको छ।

यसैबीच जसचेतन बचत तथा ऋण सहकारी सस्थाले आफ्नो रजत जयन्ती को अबसर मा स्थापना गरेको जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरुस्कारबाट राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेती लाई सम्मान गरेको छ ।सहकारी को क्षेत्रमा लागेर राष्ट्रिय रुपमा योगदान पुर्याउने ब्यक्ति लाई प्रदान गर्ने उक्त पुरुस्कार को राशि २५ हजार १ रुपैया रहेको छ ।सस्थाको ३० औ स्थापना दिवसको दिन शनिवार जिल्ला समन्वय समिति दोलखा का प्रमुख बर्जुराम घतानी ले उप्रेती लाई उक्त सम्मान सहित पुरुस्कार प्रदान गर्नु भएको हो।

याे पढ्न छुटाउनु भयाे की ?

समाजवादी कानुन व्यवसायी संगठनको अध्यक्षमा देवेन्द्र सुवेदी

Friendship Khabar

लेनदेनका पुराना कागज माघ ११ भित्र प्रमाणित गराईसक्नुपर्ने

Friendship Khabar

पर्यटन बोर्डमा चिनीयाँ फोटो प्रदर्शनी

Friendship Khabar