फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश

जनसचेतनद्वारा धितो लिलामी

नवीनकुमार खतिवडा

मैनापोखरी/दोलखाको मैनापोखरी स्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले पहिलो पटक धितो लिलामी गरेको छ ।
वैतेश्वर गाउँपालिका ५ मैनापोखरी मूख्य कार्यालयमा मङ्गलबार लिलाम बढाबढको आधारमा धितो लिलामी सम्पन्न गरेको हो ।

ऋणको भाखा नाघेर ताकेताका सबै प्रक्रिया पूरा गर्दा पनि ऋण नतिर्ने १४ जना ऋणीहरुको धितो लिलाम बिक्रि सम्बन्धी सूचना निकाली,सूचना प्रकाशन पश्चात ६ जना ऋणीहरुले ऋण असुल गरेको र बाँकी ८ जनाको धितो लिलाम प्रक्रिया बाट विक्रि गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले जानकारी दिनुभएको छ ।

ऋण लिने समयमा गरिएको शर्त बमोजिम समयमा साँवा र ब्याज नबुझाउने,पटक पटक लिखित,मौखिक तथा भौतिक ताकेताको बेवास्ता गर्ने,पत्रीका मार्फत सार्वजनिक सूचना प्रकाशन गरी ऋण तिर्न आह्वान गर्दा समेत अटेर गरि ऋण नतिर्ने ऋणीहरुको धितो लिलाम बढाबढको आधारमा गरिएको हो ।

ऋण लिदा गरिएको सेवा तथा शर्त अनुसार समयमा ऋणको साँवा, ब्याज र हर्जना नबुझाउने,र ताकेता पश्चात पनि ऋण नतिरेमा सहकारी ऐन २०७४ को दफा ७९,सहकारी नियमावली २०७५ को दफा ३० बमोजिम सहकारी संघसंस्थाले ऋणीको धितो लिलाम गरी ऋण असुल उपर गर्न सक्ने व्यवस्था छ ।

जनसचेतन साकोषका अध्यक्ष हेमन्त चौलागाईं का अनुसार संस्थामा भाखा नाघेको ऋण अशुल उपरको लागि पटक पटक ताकेता गर्दा पनि ऋणीहरुले बेवास्ता गरेपछि नियमबमोजिम धितो लिलाम गरेको जानकारी दिनुभयो।अध्यक्ष चौलागाईं का अनुसार संस्थामा थप ऋण नतिर्ने ऋणीहरुको पनि नियम अनुसार धितो लिलाम प्रक्रियाको तयारीमा रहेको बताउनुभएकोछ। संस्थामा भाखा नाघेको ऋण असुल उपर गर्न जनसचेतन लागिरहेको अध्यक्ष चौलागाईं ले बताउनु भयो।

याे पढ्न छुटाउनु भयाे की ?

नेता र कर्मचारीकोे पैसा कहाँ लुकाउने भन्ने चिन्ताले मुलुक बिग्रियो:- मन्त्री चौधरी

Friendship Khabar

एक वर्षको अन्तरमा जिरी हिलेका बाबु–छोरा दुवैले चुमे सगरमाथा

Kedar Dahal

होमस्टे सञ्चालकहरूलाई आयुर्वेद दोलखाको अभिमुखीकरण

Nabin Kumar Khatiwada