फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार खेलकुद गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

रितबहादुर स्मृति भलिबल प्रतियोगिताको तयारी पुरा

चरिकोट /दोलखा सदरमुकाम चरिकोटमा हुने प्रथम  प्रदेश स्तरीय अन्तर पालिका सहिद रितबहादुर खड्का  स्मृति भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ।

दोलखा युवा सञ्जालको आयोजनामा फागुन २१ देखि २५ गतेसम्म हुने भलिबल प्रतियोगिता को तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले जानकारी दिनुभएको छ।

खेलमार्फत दोलखाको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको  प्रतियोगिता दोलखामा नै पहिलोपटक सर्वाधिक पुरस्कार राशिको भएको आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गर्ने र समापन बागमती प्रदेशका सामाजिक विकास मन्त्री  कुमारी मोक्तानले गर्ने कार्यक्रम रहेको छ।

भलिबल प्रतियोगिताको पुरस्कार राशी प्रथम,द्दितिय,तृतीय र सान्त्वना टिमलाई क्रमश २ लाख ५१ हजार,१ लाख ५१ हजार,५१ हजार र २१ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र रहेको छ।

सदरमुकाम टुडिखेल स्थित चरिकोट रंगशाला मा हुने प्रतियोगितामा टिम दर्ता शुल्क १० हजार तोकिएको छ। प्रतियोगितामा बागमती प्रदेश भित्रका १० जिल्लाबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

एमाले नेता दुलाल नेपाली कम्युनिस्ट पार्टीमा

Nabin Kumar Khatiwada

एकीकृत समाजवादी हेटौंडा चुनाव केन्द्रित अभियानमा

Friendship Khabar

बन्यजन्तु बाट सुरक्षा दिन उपयोगी बन्दैछन सुधारिएको खोर

Nabin Kumar Khatiwada