फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश राजनीति समाचार स्थानीय समाचार

नेकपा एस द्वारा उपाध्यक्ष केसिलाई निष्कासन

चरिकोट/नेकपा एकीकृत समाजबादी दोलखा ले जिल्ला कमिटी उपाध्यक्षलाई कार्बाही गर्दै पार्टीबाट निष्कासन गरेको छ।
पार्टीले बुधबार एक बिज्ञप्ती जारी गर्दै जिल्ला कमिटी उपाध्यक्ष भुवन केसीलाई कार्बाही गर्दै साधारण सदस्य नरहने गरि कार्बाही गरेको हो।
जिल्ला कमिटी अध्यक्ष भिम दहाल द्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ:- हामिले नेकपा (एमाले) मा उत्पन्न भएको व्यक्तिवादी अंहकारवाद, निरकुश एवम् स्वच्छारी प्रवृति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरबाद र विर्सजनवादका विरुद्ध विद्रोह गरेर नेपाल कम्युनिष्ट पार्टी (एकूकीत समाजवादी) को गठन गरेका हौं।
यसरी विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको मूख्य उदेश्य नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी एवम् जनपक्षीयधारको रक्षा गर्दै नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकाल देखि राख्दै आएको क्रान्तिकारी लक्ष्य र उद्देश्यहरु प्राप्तिको दिशामा निरन्तर अगाडी बढ्नु हो । तसर्थ यस पार्टीका प्रत्येक नेता कार्यकर्ताले पार्टीको उदेश्य प्राप्तिका लागि निरन्तर इमान्दारीताका साथ लाग्नु कर्तव्य हो तर यस पार्टीको जिल्ला संगठन कमिटीका उपाध्यक्ष क. भुवन के.सी.ले पार्टीको मार्गदर्शक सिद्धान्त निती कार्यक्रमलाई बेवास्था गर्दै प्रतिक्रियावादी घोर दक्षिणपन्थी चरम अवसरवादी शक्ति र गलत विचार राख्नेहरुसंग साठगाठ गरि पार्टीको गोपनियता तथा एकतामा खलल पुऱ्याइ नैतिक आचरण विरुद्धकार्य गरेकाले आजैको मिति देखि पार्टीको उपाध्यक्ष तथा साधारण सदस्य समेत नरहने गरि निष्काशनको कारवाही गरिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

सहकारीका चुनौती व्यवस्थापन गर्न ११ बुदे प्रतिबद्धता

Kedar Dahal

जातीय विभेद गर्ने विरुद्ध तत्काल प्रतिरोध गर्न माधव नेपालको निर्देशन

Friendship Khabar

सामाजिक सुरक्षा कोषलाई बहुआयामिक बनाउँदैछौ :-श्रम मन्त्री

Friendship Khabar