फ्रेण्डसिप खबर
अर्थवाणिज्य गृह पृष्ठ

जिल्ला सहकारी संघ दोलखा नेपालकै उत्कृष्ट सहकारी संघ घोषणा

प्रविण कुमार खतिवडा/दोलखा ।

जिल्ला सहकारी संघ, दोलखा २०७८ को उत्कृष्ट सहकारी संघ घोषणा भएको छ । राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा चैत्र १९ गते शनिवार काठमान्डौमा आयोजित कार्यक्रममा उत्कृष्ट सहकारी संघ उद्घोष गरी पुरस्कृत गर्ने घोषणा गरेको हो । उक्त पुरस्कार सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गर्नेछ । 

जिल्ला सहकारी संघ दोलखा विगतमा विभिन्न सहकारी संग सम्बन्धित निकायहरुबाट पुरस्कृत हुदै आएको छ । दोलखा जिल्लाका सहकारीहरुको छाता संगठनको रुपमा २०५० साल भाद्र ४ गते स्थापना भएको जिल्ला सहकारी संघ दोलखाले आफ्नो क्षेत्रभित्रका सहकारीहरुको बृद्धी र विकासमा सहयोग गदै आएको छ । साथै संघले बचत संकलन तथा कर्जा लगानीको समेत कार्य गरी दोलखा जिल्लाका सहकारीहरुलाई सेवा दिदै आएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

प्रेश सेन्टर दोलखाको अध्यक्षमा बस्नेत,सचीवमा दहाल

Friendship Khabar

अतिराष्ट्रवाद एक डिस्कोर्स

Friendship Khabar

जिविकोपार्जनका लागी विपन्न परिवारलाई बंगुरको पाँठा बितरण

Friendship Khabar