फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ

दैनिक सवारी दुर्घटना बढ्न थालेपछि खावा सडकमा सूचना बोर्ड

मैनापोखरी/नव जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले दोलखाको मैनापोखरी -जिरी सडक खण्ड अन्तर्गत खावा डाडामा सूचना बोर्ड स्थापना गरेको छ।
खावाडाडामा दैनिक जस्तो तुसारो जमेको कारण सवारी दुर्घटना बढ्न थालेपछी सवारी चालकलाई सावधानी पुर्वक सवारीसाधन चलाउन सचेत गराउने उदेश्यले उक्त होर्डिङ बोर्ड राखिएको संस्थाका अध्यक्ष तेन्जिङ शेर्पाले जानकारी दिनुभयो।
हरेक वर्षको मङ्सिर देखि फागुन सम्म तुषारो जमेको कारण साना तथा मझौला किसिमको सवारी साधन चिप्लेर दैनिक जस्तो दुर्घटना हुने र अङ्ग भङ्ग हुने विषयलाई ध्यानमा राखी पुर्व सतर्कता  सुचना र सवारी सावधानी अपनाउन नव जनउत्थान साकोस बैतेस्वर-३ खावा दोलखाले सावधानी बोर्ड राखेकाे हो ।

खावा आसपास क्षेत्रमा नयाँ सवारीसाधन आउँदा दैनिक जस्तो दुर्घटना हुने भएको भन्ने जनगुनासो बढेको ले सावधानी अपनाई दुर्घटना न्यूनीकरणका लागि सहकारी का सात सिद्धान्त मध्य समुदाय प्रतिको चासो अन्तर्गत यस्तो कार्य गरिएको संस्थाका सचीव केदार दहाल ले जानकारी दिनुभयो।
वैतेश्वर ३ स्थित खावा डाँडामा मुख्य कार्यलय रहेको नव जनउत्थान सहकारी वैतेश्वर र जिरी नगरपालिका लाई कार्यक्षेत्र बनाई बचत तथा ऋणको कारबोर गरि समुदायलाई सेवा दिइरहेको संस्था हो।

याे पढ्न छुटाउनु भयाे की ?

डाँडागाउँमा बोलेरो दुर्घटना,३ जना गम्भीर घाइते

Friendship Khabar

कलम अंकित झण्डा लेनिन पिकमा फहराउदै लालबहादुर

Friendship Khabar

समाजवादी प्रेस संगठनको सचिवालय, कार्यालय र विभाग गठन

Kedar Dahal