फ्रेण्डसिप खबर
Breaking बागमती प्रदेश स्थानीय समाचार

डाँडागाउँमा बोलेरो दुर्घटना,३ जना गम्भीर घाइते

नाम्दु/दोलखाको बैतेश्वर गाउँपालिका-६ नाम्दु डाँडा गाउँमा बोलेरो दुर्घटना हुँदा दर्जन बढी घाइते भएका छन।

नाम्दु बाट मैनापोखरी आउदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो।दुर्घटनामा सवार २५ जना सवार रहेकोेमा १९ जना घाइते भएका छन्।घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेकोे इलाका प्रहरी कार्यालय मैनापोखरीका प्रहरी इन्चार्ज बिर बहादुर कार्कीले जानकारी दिए।

गम्भीर घाइते हुनेहरुमा बैतेश्वर-३ का शम्भु दहाल,बैतेश्वर-६ का  टुल्के नेपाली र  बैतेश्वर-२ का सुनकुमार तामाङ रहेका छन्।घाइतेहरुको बैतेश्वर सामुदायिक अस्पताल मैनापोखरी र दाहाल मेडिकलमा उपचारको लागी लगिएको छ्।गम्भीर घाइते हरुलाई भने  काठमाडौ पठाउने तयारी भैरहेको छ।

याे पढ्न छुटाउनु भयाे की ?

सांसद रिजाल जेन-जी आन्दोलनका घाइतेहरु भेट्न अस्पतालमा

Nabin Kumar Khatiwada

पेशागत महासंघ दोलखाको अध्यक्षमा गोपालध्वज श्रेष्ठ

Friendship Khabar

मुक्ति संगठन दोलखाको सम्मेलन,अध्यक्षमा कुल बहादुर बिश्वकर्मा

Friendship Khabar