फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

गाउँ पालिकाकाे स्थायी केन्द्र ताेकेकाे २४ घण्टा नबित्दै वडा अध्यक्ष द्वारा प्रमुखकाे कार्यकक्षमा ताेडफाेड

दोलखाको कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र हिजाे मात्रै भएकाे १२औं गाउसभामा भाेटिङ द्वारा कुविन्डेमा तोकिएकाे थियाे तर आज असन्तुष्ट वडा अध्यक्षले कार्यालयमा गएर कार्यकारि अधिकृत नवराज ओलिकाे कार्यकक्षमा तोडफोड गरेका छन् ।

वडा नं ५ लापिलाङका वडाअध्यक्ष सहदेव खड्काले आज दिउँसो गाउँपालिकाकाे कार्यालयमा पुगि अधिकृत ओलीको कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेका हुन् । खड्काले कार्यकक्षमा रहेकाे कुर्चि, सोफा, कम्युटर लगायतका सामान फालेका थिए।

गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ४ को कुविन्डेमा तोक्नलाई भएकाे मतदानमा वडाध्यक्ष खड्का तटस्थ बसेका थिए । उनी सहित वडा नम्बर ५ का चार जना वडासदस्यहरु पनि तटस्थ बसेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

कालिञ्चाेकमा पर्यटककाे सुविधाका लागि फलामे बेञ्च(फोटो फिचर)

Friendship Khabar

मैनापोखरीमा कांग्रेसको जागरण कार्यक्रम

Friendship Khabar

अध्यादेशबारे ७ बुँदे शंकल्प प्रस्ताव जारि गर्दै बचत संघकाे साधारणसभा

Kedar Dahal