फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ राजनीति

पूर्वमन्त्री सँग रोचक प्रतिष्पर्धा गर्दै अर्जुन राई, पाउँलान त सफलता ?

 

धनकुटा/आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा धनकुटा प्रदेश ‘क’ मा रोचक भीडन्त हुने देखिएको छ ।
धनकुटालाई विगतमा नेकपा एमालेको गढ मानिँदै आएको थियो । तर, गत वर्ष एमालेमा भएको विभाजन र पाँच वर्षसम्म स्थानीय तहमा भएको ब्रम्हलुटका कारण एमालेले आफ्नो हैसियतलाई गुमाएको मात्रै छैन, स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा हदैसम्म खुम्चिएको छ ।
गत स्थानीय तहको निर्वाचनमा सात वटै पालिका र प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ३ वटै क्षेत्र जितेर क्लीन स्वीप गरे पनि पाँच वर्षमा ३ वटा पालिकामा खुम्चिएको एमालेलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जित हात पार्न फलामको चिउरा चपाउनु सरह नै भएको छ ।
प्रदेश क का ३ वटा पालिका जितेको एमालेलाई यो निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार अर्जुनकुमार राईको उम्मेदवारीले एमालेका उम्मेदवार निरन राईको मथिंगल नै हल्लाइदिएको छ । यसको मुख्य कारण भनेको ५ वर्षको अवधीमा निरन राईले जनताको सिन्कोभाँची काम नगर्नु नै हो ।
राम्रा छवी बनाएर युवा पुस्तामा परिचित अर्जुन सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । त्यसका अलावा उनी स्पष्ट वत्ता हुन् । उनले एमालेमा रहँदा जनप्रतिनिधिहरुले गरेका कामको भण्डाफोर गर्दै सही काम गर्न दिएको सुझावसहितको भाषणले युवा पुस्तालाई तानेको छ ।
रोचक कुरा त यो छ की पहिलोपटक चुनावी प्रतिष्पर्धामा उत्रिएका राई कुनै बेला रकम चेम्जोङको विश्वास पात्र थिए । त्यही भएर पनि उनी शान्ति मन्त्री हुँदा स्वकीय सचिव भएर काम गरे । त्यो बेला चेम्जोङको कार्यकाल सफल बनाउन उनले ठूलै भुमिका निर्वाह गरे ।
चेम्जोङ शान्ति मन्त्री हुँदा जे जति विकास निर्माणका कामहरु भए, त्यसमा अर्जुन राईको उत्तिकै देन छ । २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बनेको मन्त्रीपरिषदमा चेम्जोङ शान्ति तथा पुनर्निर्माण मन्त्री थिए । उनका पालामा जिल्लामा विद्यालय भवन, स्वास्थ्य चौकी, गाविस भवन, प्रहरी चौकी लगायतका संरचना निर्माणमा प्राथमिकता पाएको थियो । उनै मन्त्रीका प्रमुख स्वकीय सचिव थिए अर्जुन राई ।
सो समयमा उनीहरू दुवै नेकपा एमालेका नेता थिए । त्यसबेला मन्त्री रकम चेम्जोङ नेकपा एमालेका केन्द्रीय सदस्य र उनका प्रमुख स्वकीय सचिव अर्जुन राई नेकपा एमाले निकट धनकुटा–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष थिए ।
हिजोका गुरुचेला आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धी छन् । दुवैले आफु जित्ने दावी गरिरहेका छन् । तर २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा चेम्जोङले पाएको मत र बैशाखमा सम्पन्न स्थानीय तहमा चेम्जोङ आवद्ध जनता समाजवादी पार्टीले पाएको मतलाई मात्रै आधार मान्ने हो भने राई र चेम्जोङबीच कुनै प्रतिष्पर्धा नै नहुने देखिन्छ । किनभने नेकपा एकीकृत समाजवादीका धनकुटा अध्यक्षसमेत रहेका राई लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट उम्मेदवार हुन् । तर चेम्जोङलाई जसपाको मात्रै साथ मिल्नेछ । जसपाको मतले चेम्जोङलाई जित दिलाउन असम्भव जस्तै छ ।

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट धनकुटा प्रदेश ‘क’ का साझा उम्मेदवार हुन् धनकुटा नगरपालिका वडा नं. १ हिलेमा जन्मिएका युवा नेता राईलाई धनकुटेली जनताको साथ र सहयोगले मंसिर ४ गते हुने निर्वाचनपछि प्रदेशसभासम्म पु¥याउने पक्कापक्की छ ।
धनकुटाको प्रदेश ‘क’ मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका राई जिल्लामा उर्जावान र निक्कै सक्रिय युवाको रुपमा चिनिन्छन् । युवा नेताको छवी बनाएका अर्जुन राईको दाबी अस्वभाविक भने छैन । किनकी राई जुधारु युवा मात्रै होइनन्, धनकुटाका लागि वौद्धिक नेता पनि हुन् । उनलाई पुराना र नयाँ पुस्ताको नेताहरुले अध्यनशील नेताको रुपमा चिन्छन् ।
आफुले अहिले युवा, महिला, दलित, आदीवासी र पिछडिएका धनकुटेलीको समस्या बुझेको र ती सबै समस्या पूरा गर्न लामो समयदेखि लागेका कारण आफ्नो जित सुनिश्चित रहेको उनी बताउँछन् ।

याे पढ्न छुटाउनु भयाे की ?

मेलुङमा सहकारीहरु बीच अन्तरक्रिया,१४ बुँदे साझा प्रतिबद्धता

Friendship Khabar

सुन चाँदी रत्न तथा आभुषण महासंघको केन्द्रिय पदाधिकारीमा धनुके निर्वाचित

Friendship Khabar

नेकपा एस निकट प्रवासी नेपाली एकता मञ्च युएइको अध्यक्षमा सापकोटा

Friendship Khabar