फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश राजनीति

झपट वोहरा टुरिष्ट उम्मेद्वार:-भरत स्वाँर

अछाम/नेपाली कांग्रेसका निर्वतमान सभापति भरत कुमार स्वाँरले एमालेबाट अछाम क्षेत्र नं.१ वाट उम्मेद्वार बनेका झपट वोहरा टुरिष्ट उम्मेद्वार भएको बताउनुभएको छ ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वतमान सभापति स्वाँरले जिल्लामा बसेर राजनीतिक गर्नेबाहेक बाहिरबाट आउने टुरिष्टलाई जनताले भोट नदिने उहाँको भनाई रहेको छ । अछाम मतदाता नामावलि नभएका व्यक्तिलाई अछामप्रति कुनै चिन्ता नरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले  चुनाबको मुखमा जिल्ला आउने अरुबेला हराउने, जनताको सुख दुः खमा भन्दा पनि चुनाव, अविधेशनमा केन्द्रित हुने नेतालाई जनताले सवक सिकाउने निवर्तमान सभापति स्वाँरको भनाई रहेको छ । यस्तै उहाँले २०५१ सालमा नेपाली कांग्रेसवाट आधिकारीक उम्मेद्वार विरुद्ध उम्मेदवारी दिएर स्वतन्त्र उम्मेद्वारी बन्दा अहिलेसम्म त्यसका् असर परेको बताउनुभयो । उहाँले आफूले २०५१ सालमा स्वतन्त्रको पक्षमा लागेका कारण अहिले पछुतो हुँदै आएको धारणा व्यक्त गर्नुभयो ।
२०५१ सालको स्वतन्त्र उम्मेद्वारले नेपाली कांग्रेसलाई २८ वर्षसम्म ठूलो क्षेति पुगेको उहाँको भनाई रहेको छ । निवर्तमान सभापति स्वाँरले कांग्रेसको शाख जोगाउन गठबन्धन आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले माओवादी र एकिकृत समाजवादी पार्टी भन्दा पनि कांग्रेसलाई गठबन्धन आवश्यक रहेको बताउँदै ईमान्दारिता पूर्व गठबन्धन जिताउने अभियानमा लाग्नको लागि आग्रह समेत गर्नुभएको छ । सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीको मतभार ३२ हजार रहेको बताउँदै एक÷दुई हजार मत कसैले काटेपनि ३० हजार मत ल्याएर विजयी हुने दावि पनि गर्नुभयो । अछाम निर्वाचन क्षेत्र नं.१ मा सत्ता गठबन्धनबाट एकिकृत समाजवादीका केन्द्रिय सदस्य, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र एमालेबाट झपट वोहरा चुनावि प्रतिस्पर्धामा रहेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

प्राविधिक विषय पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान, हाैसला तथा प्राेत्साहन स्वरुप दिएको अध्यक्ष कार्कीको भनाइ

Friendship Khabar

२० घण्टा बन्द भएर चल्याे माथिल्लो तामाकोसी

Nabin Kumar Khatiwada

तामाकोसीको उत्पादन सुचारु, थपियो १२० मेगावाट बिद्युत

Kedar Dahal