केदार दहाल
काठमाडौं /ईपीएस मार्फत कोरियामा सीप विल्डङको लागि लिइएको परीक्षामा ४ हजार ९८ जना उत्तीर्ण भएका छन्।


असोज १ गतेबाट सुरु भई मङ्सिर ७ गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो। अब दोस्रो चरणमा स्किल टेस्टको परीक्षा तालिका सार्वजनिक गरिनेछ।

ईपीएस कोरिया शाखाकाे सुचना अनुसार परीक्षामा सामेल हुनका लागि ३५४७८ जनाले परीक्षा आवेदन दिएका भए पनि परिक्षामा ३२ हजार ५०७ जना सहभागी भएका थिए। ती मध्ये ३० हजार ३५४ जना पुरुष र २ हजार १५३ महिला सहभागी भएका थिए।