फ्रेण्डसिप खबर
गृह पृष्ठ प्रदेश नं. १

समाजबादी प्रेस संगठन झापाको अध्यक्षमा राई

विर्तामोड/ नेकपा एकीकृत समाजवादी निकट पत्रकार तथा संचारकर्मीहरुको संस्था समाजवादी प्रेस संगठनको झापा जिल्ला कमिटी मंगलवार निर्माण भएको छ ।
विर्तामोडस्थित पार्टी कार्यालय भवनमा आयोजित एक विशेष समारोहवीच समाजवादी प्रेस संगठनको झापा कमिटी भएको हो । पत्रकार अनिलदेव राईको अध्यक्षतामा गठित १५ सदस्यीय कमिटीको उपाध्यक्ष र सचिवमा क्रमश: दिलिप थापा र रिता दाहाल चयन भएका छन्।
कमिटीको सहसचिवमा विमर्श उप्रेती, किशोर उपरकोटी र गोविन्द लुवागुन चयन भएका छन भने कोषाध्यक्ष कमल बुढाथोकी बनेका छन् ।
त्यस्तै सदस्यहरूमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्ऽ बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई र छत्रबहादुर राई चयन भएका छन् ।
जिल्ला भेलामा समाजवादीका केन्द्रीय सदस्य निलमणि बराल, जिल्ला अध्यक्ष वेदराज रेग्मी, विर्तामोड नगर अध्यक्ष श्री सिटौला, अग्रज पत्रकारहरु लीला वराल, धर्मेन्द्र मामा, जीएन शर्मा, लगायतको उपस्थिति थियो । केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज तीर्थ सिग्देलको सभापतित्व भेला सम्पन्न भएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

शिक्षा मन्त्रालयसँग ५ बुँदे सहमति भए पछि शिक्षक कर्मचारीको आन्दोलन स्थगित

Friendship Khabar

जिल्ला सहकारी संघको स्थापना दिवस,दृष्टीविहिनलाई सहयोग

Friendship Khabar

विष्णु पौडेलले राजधानीसँग अर्थमन्त्री साट्नुभयो:-गुरुङ

Friendship Khabar