फ्रेण्डसिप खबर
राजनीति

दलहरूलाई एकताबद्द भएर निर्वाचनमा सहभागी हुन नेकपा एसको आव्हान

माघ २५ /नेकपा एकीकृत समाजवादीले स्थानीय चुनाव घोषणा गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालयको १३ औँ बैठकले आगामी वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकोमा सो घोषणाको सहर्ष स्वागत गर्दै नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको हो । निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएकोमा गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई पनि धन्यवाद दिने निर्णय बैठकले गरेको छ ।

पार्टी महासचिव बेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, लोकतन्त्रको उच्चतम प्रयोग र सुन्दरता भनेको नै निर्वाचन हो र निर्वाचनमा गएर सर्वोत्कृष्ट हुने कुरा हाम्रा लागि गौरवको कुरा हो । यस तथ्यलाई ध्यानमा राख्दै आगामी निर्वाचनमा हाम्रो सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्दछ । पार्टीले गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्ण रुपमा निर्वाचनमा केन्द्रित हुन जरुरी रहेको पनि बताएको छ । पार्टीले गठबन्धनमा सामेल सबै दलहरूलाई एकताबद्द भएर निर्वाचनमा सहभागी हुन आव्हान समेत गरेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

विष्णु पौडेलले राजधानीसँग अर्थमन्त्री साट्नुभयो:-गुरुङ

Friendship Khabar

नेकपा एस केन्द्रिय परिषद बैठक,यी हुन पारित १५ बुँदे प्रस्ताव

Friendship Khabar

समाजवादी तामाकोसी अध्यक्षमा झनक खड्का,सचीव यज्ञ श्रेष्ठ(अधिवेशन फोटो फिचर)

Friendship Khabar