फ्रेण्डसिप खबर
Breaking बागमती प्रदेश स्थानीय समाचार

नेकपा एस जिरी नगर कमिटी द्वारा स्वास्थ मन्त्रीलाई ज्ञापनपत्र पेश

जिरि/नेकपा एकिकृत समाजवादी जिरी नगर कमिटिले जिरी को बिकास निर्माणका सरोकार बारे विभिन्न माग राख्दै स्वास्थ तथा जनसंख्या मन्त्री बिरोध खतिवडालाई ध्यानाकर्षण पत्र पेश गरेको छ।

नेकपा एकीकृत समाजबादी जिरी नगर कमिटी संयोजक शैलेन्द्र खड्काको नेतृत्वमा बुझाइएको ध्यानाकर्षण पत्रमा जिरिका संभावना र बिकास निर्माणका लागि गर्नुपर्ने योजना बारे माग हरु समेटिएका छन।ध्यानाकर्षण पत्रमा जिरी नगरपालिका भित्र रहेका सडकहरु को स्तरउन्नति तथा पिच गर्नुपर्ने,जिरी ताल निर्माण गर्न आवश्यक बजेट को ब्यबस्था गर्नुपर्ने,जिरीमा नेपाल बैंक लिमिटेड वा राष्ट्रिय वाणिज्य बैंक मध्य एक सरकारी बैंकको व्यवस्था हुनुपर्ने,जिरि एयरपोर्ट संचालनको लागी प्रकृया अगाडी बढाउनुपर्ने,जिरी अस्पतालको भौतिक संरचना निर्माण अनुसार एम.डि.जि.पि. डाक्टरको व्यवस्था हुनुपर्ने,आई सि यु तथा अक्सिजन प्लान्ट हुनुपर्ने,स्वास्थ्य मन्त्रालयको नियमानुसार निशुल्क दिनुपर्ने औषधिको व्यवस्था हुनुपर्ने,कोरोना लगायत महामारी रोगका कारण स्वास्थ्यका कर्मचारीहरुले पाउनुपर्ने जोखिम भत्ताहरु नपाएकोले स्थानिय निकाय संग अस्पतालको सम्बन्ध राम्रो नभएकोले सोको व्यवस्था संधिय सरकारबाट अस्पतालको नाममा जम्मा गर्नु पर्ने ।अस्पतालको लागी औषधि खरिद गर्दा स्वयम अस्पताललाई दिनुपर्ने र सोको अनुगमन गर्ने जिम्मा स्थानिय निकायलाई दिनुपर्ने लगाएत विभिन्न मागहरु रहेका छ्न।

ध्यानाकर्षण पत्र पेश कार्यक्रममा नेकपा एकीकृत समाजबादी का केन्द्रिय सदस्य चुनु केसि खड्का दोलखाका उपसचिव घनश्याम रिजाल सहित नेकपा एकीकृत समाजबादी जिरिका नेताहरु केशर बहादुर जिरेल,दोर्जी शेर्पा,हर्क जिरेल,लालबहादुर जिरेल,विशाल काफ्ले,युवा संघ दोलखाका अध्यक्ष केशवकुमार कार्की लगाएत नेताहरुको सहभागीता रहेको थियो।माग पत्र बुझ्दै मन्त्री खतिवडा ले शुन्दर पर्यटकीय नगरी जिरिको बिकासका लागि जिरी नगर पार्टिले अघि सारेका मागहरुको अध्ययन गरि योजनामा समेट्न आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ

याे पढ्न छुटाउनु भयाे की ?

दाेलखाली समाज दक्षिण काेरियाद्वारा विद्यार्थीलाई ट्रयाक सुट वितरण

Kedar Dahal

हेमन्त स्मृति भलिबलको उपाधी चितवनलाई

Friendship Khabar

एउटै भालुबाट लगातर दुई जना मानिसलाई आक्रमण

Kedar Dahal