फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

पहिरो पीडितलाई लायन्स क्लबको राहत

दोलखा/लायन्स क्लब अफ इन्टरनेशनलले गौरीशंकर गाउँपालिकाका वडा नं. ७ र ८ का पहिरो पीडितहरुका लागि राहत वितरण गरेको छ । एक महिना अघिको पहिरोबाट पीडित भएका ६३ परिवार पीडित भएका थिए । पहिरोमा ४ जनाको ज्यान गएको थियो भने २ जना बेपत्ता भएका छन् ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ डि डिस्ट्रिक्ट गोकर्णेश्वर काठमाडौंले ६३ परिवारका लागि खाद्यान्न, भाडाँवर्तन, ओड्ने ओछ्याउने, सोलार, टर्च जस्ता अत्यावश्यक सामग्री वितरण गरेको हो । प्रति परिवार २० हजार बराबरको १३ लाखको राहत वितरण गरेको राहत वितरणको अगुवाइ गरेका स्थानीय फुर्लाक्पा शेर्पाले जानकारी दिए ।

राहत वितरणका लागि लायन्स क्लब अफ इन्टरनेशनल ३२५ डि डिस्ट्रिक्टका गभर्नर रमेश लामाको नेतृत्वमा काठमाडौंदेखि ५० जना बढी लायन्सहरु सिंगटी आएका थिए । मानवीय सेवाका लागि आ आफ्नो गाँस कटाएर लायन्सहरुले सहयोग गर्ने गरेको उनले बताए ।
गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले बाढी र पहिरो पीडितहरुका लागि गाँस कटाएर सहयोग गरेकोमा सहयोगी टिमलाई धन्यवाद दिए । पहिरोका कारण गौरीशंकर ७ टोपाटारका ८ घर पूर्णरुपमा क्षति भएको छ भने वडा नं. ७ र ८ का ६३ परिवारलाई जमिन चिरिएका कारण बस्ती जोखिम भएर अन्यत्र सारिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

विगू ७ काे सिंगाे वडा कमिटी रास्वपा प्रवेश

Nabin Kumar Khatiwada

नेराशि संगठन वैतेश्वोरकाे तेस्रो गाउँ परिषद सम्पन्न, नव प्रवेशी शिक्षकहरुलाई सम्मान

Kedar Dahal

सामाजिक सुरक्षा कोष योगदानकर्ता सापटी निर्देशिका स्वीकृत

Friendship Khabar