फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार स्वास्थ्य

लम्पी स्किन प्रभावित पशुको उपचारको लागि हेफरद्वारा औषधि हस्तान्तरण

तामाकोसी/नेपालमा फैलिरहेको गाई भैंसीमा लम्पी स्किन रोगको महामारीको लागि दोलखाको तामाकोसी र मेलुङ गाउँपालिकामा हेफर इन्टरनेशनल नेपालले औषधि सहयोग गरेको छ।

हेफरले लम्पी स्किन प्रभावित पशुहरुको उपचार र राहतको लागि विभिन्न भेटेरिनरी औषधि तथा सामाग्री उपलब्ध गराएको हो । हिजो एक कार्यक्रमका बीच हेफर इन्टरनेशनलको तर्फबाट डा. राजेन्द्र ढकालले तामाकोसी गाउँपालिका र मेलुङ गाउँपालिकामा औषधि तथा राहत सामग्री हस्तान्तरण गर्नुभएको छ।
हस्तान्तरण कार्यक्रममा डा ढकालले भोकमारी र गरिबीको अन्त्य गर्न समर्पित अग्रणी अन्तराष्ट्रिय गैर सरकारी संस्थाको रुपमा रहेको हेफर इन्टरनेशनल नेपाल आगामी दिनमा पनि पशु कल्याण,पशुुधनको सुरक्षा र जोखिममा परेका समुदायहरुको जीवनस्तरमा सुधार गर्न प्रतिवद्द रहेको बताउनुभएको छ ।हेफरको तर्फबाट प्राप्त सहयोग बुझ्दै तामाकोसी गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसि र मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरले यस्तो सहयोगले किसानलाई ठूलो राहात पुग्ने हुँदा हेफर इन्टरनेशनल लाई धन्यवाद ज्ञापन गर्नुभएको छ।
लम्पी स्किन रोग–गाईवस्तुलाई असर गर्ने अत्यन्त संक्रामक र आर्थिक रुपमा विनाशकारी भाइरल संक्रमण हालै नेपालको विभिन्न भागहरुमा देखा परेको छ । यस प्रकोपबाट पशुधन र कृषकहरुको जीविकोपार्जनमा परेको प्रभावलाई न्युनीकरण गर्नु अत्यन्तै आवश्यक रहेको हुनाले हेफर इन्टरनेशनल नेपालले देश भरका २० भन्दा वढि स्थानीय तहहरु मार्फत प्रभावित समुदायलाई आवश्यक औषधि तथा सहयोग उपलब्ध गराउन आफ्नो श्रोतको परिचालन गरेको छ ।

हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा.तिर्थ राज रेग्मीले “पशुधनको स्वास्थ्य नेपालको खाद्य सुरक्षा र ग्रामीण जीवनयापनको अत्यावश्यक भएकाले हाम्रो संस्था साना किसान तथा जोखिममा परेका समुदायहरुलाई सहयोग गर्न समर्पित रहेको जानकारी दिनुभयो उहाँले संकटको समयमा हामी स्थानिय सरकार तथा विभिन्न सरोकारवाला निकायहरुसंग मिलेर काम गरिरहेका छौं त्यसैले लम्पी स्किन रोगको प्रकोप विरुद्ध लड्न आवश्यक औषधि र विशेषज्ञता प्रदान गर्न हेफर सहयोगी बन्ने बताउनुभएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

Why Nepal needs a different strategy to manage mental health disorder?

sanjeet

नेकपा एस वैतेश्वरको अध्यक्षमा टहल खड्का (अधिवेशन फोटो फिचर)

Friendship Khabar

समाजबादी प्रेस संगठन झापाको अध्यक्षमा राई

Friendship Khabar