फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ शिक्षा समाचार

शिक्षा ऐन विरुद्ध नेपाल शिक्षक महासंघको नेतृत्वमा राहत शिक्षक सहितको आन्दोलन, आन्दोलनको मिति भाेलि सार्वजनिक हुने

केदार दहाल
काठमाडौं /आज नेपाल राहत शिक्षक केन्द्रीय समितिको दशाैं पुर्ण बैठकले शिक्षक महासंघ र घटक संघ, संगठनका अध्यक्ष र महासचिवहरु सहित बसेर आन्दोलनको विषयमा छलफल गरि शिक्षा ऐनको मस्यौदा विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छन् । राहत शिक्षकहरुलाई विना विस्थापित आन्तरिक प्रक्रियाबाट स्थायी गर्नुपर्ने माग सहित आन्दोलन गर्ने निर्णय गरेको हो ।

नेपाल राहत शिक्षकको केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले नेपाल शिक्षक महासंघले आन्दोलको नेतृत्व नगरे पनि राहत शिक्षकहरु आन्दोलनमा जाने र शिक्षक महासंघ विरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिनुभएकाे छ । अधिकारीले आन्दोलनमा गोली खान पनि तयार रहेको बताउँदै माग पुरा गराएरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएकाे छ ।

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले सबै एक भएर आन्दोलनमा जानुपर्ने बताउँदै आन्दोलनको नेतृत्व महासंघले गर्ने बताएकी छन् । तेसै गरि महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले कुनै पनि शिक्षकलाई विस्थापीत नहुनेगरी सरकारले व्यवस्थापन गर्नुपर्ने भन्दै आन्दोलनमा जाने बताए । नेपाल राहत शिक्षकको केन्द्रीय समितिको आज बसेको पूर्ण बैठकले आन्दोलन गर्ने निर्णय गरेपनि नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलनमा जान आग्रह गर्दै आन्दोलनको मिति भोलि मात्रै तय हुने बताएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

उपभोक्तालाई दुर्व्यवहार गर्ने हाकिम धिरेन्द्रलाई चेतावनी

Friendship Khabar

उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा लगानी

Friendship Khabar

नेकपा एस द्वारा उपाध्यक्ष केसिलाई निष्कासन

Friendship Khabar