फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ शिक्षा समाचार

शिक्षा ऐन विरुद्ध नेपाल शिक्षक महासंघको नेतृत्वमा राहत शिक्षक सहितको आन्दोलन, आन्दोलनको मिति भाेलि सार्वजनिक हुने

केदार दहाल
काठमाडौं /आज नेपाल राहत शिक्षक केन्द्रीय समितिको दशाैं पुर्ण बैठकले शिक्षक महासंघ र घटक संघ, संगठनका अध्यक्ष र महासचिवहरु सहित बसेर आन्दोलनको विषयमा छलफल गरि शिक्षा ऐनको मस्यौदा विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छन् । राहत शिक्षकहरुलाई विना विस्थापित आन्तरिक प्रक्रियाबाट स्थायी गर्नुपर्ने माग सहित आन्दोलन गर्ने निर्णय गरेको हो ।

नेपाल राहत शिक्षकको केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले नेपाल शिक्षक महासंघले आन्दोलको नेतृत्व नगरे पनि राहत शिक्षकहरु आन्दोलनमा जाने र शिक्षक महासंघ विरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिनुभएकाे छ । अधिकारीले आन्दोलनमा गोली खान पनि तयार रहेको बताउँदै माग पुरा गराएरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएकाे छ ।

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले सबै एक भएर आन्दोलनमा जानुपर्ने बताउँदै आन्दोलनको नेतृत्व महासंघले गर्ने बताएकी छन् । तेसै गरि महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले कुनै पनि शिक्षकलाई विस्थापीत नहुनेगरी सरकारले व्यवस्थापन गर्नुपर्ने भन्दै आन्दोलनमा जाने बताए । नेपाल राहत शिक्षकको केन्द्रीय समितिको आज बसेको पूर्ण बैठकले आन्दोलन गर्ने निर्णय गरेपनि नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलनमा जान आग्रह गर्दै आन्दोलनको मिति भोलि मात्रै तय हुने बताएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाली स्पीकर ग्राण्ड फिनालीमा सहिद स्मृति आवासियकी मेलिसा ढुङ्गेल प्रथम

Friendship Khabar

रितबहादुर स्मृति भलिबल प्रतियोगिताको तयारी पुरा

Friendship Khabar

नेकपा एस जिरी अध्यक्षमा मोहन खड्का,सल्लाहकार संयोजक केशर जिरेल(अधिवेशन फोटो फिचर)

Friendship Khabar