फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य गृह पृष्ठ बागमती प्रदेश

मिलीजुलीको सिंगटीमा रक्तदान

दोलखा÷मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३० औं कारोबार सुरुवातको अवसरमा सिंगटीमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी र नेपाल रक्तदाता समाजसँगको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरे ।

उपचारका क्रममा रगतका अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार केन्द्रले दोलखामा नियमित रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । कुनै समयमा उपचारका क्रममा रगतको अभावका कारण विरामीको ज्यानै जाने अवस्था आएपछि १० वर्ष अघि जिल्लामै रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको छ । रक्तसञ्चार केन्द्र सञ्चालन भएको तर रगत अभाव हुन थालेपछि वार्षिक कार्यतालिका नै बनाएर रक्तदान हुन थालेको हो ।

सहकारीका अध्यक्ष नारायणबहादुर श्रेष्ठले सहकारीले वार्षिक रुपमा रक्तदान र विभिन्न सामाजिक उत्तरदायित्वको काम गर्दै आएको जानकारी दिए । सोही अवसरमा फोहोर संकलनका लागि मन्दिरहरुका लागि डष्टविन वितरण गरियो । विभिन्न विधामा सम्मानित हुनेहरुको नाम पनि घोषणा गरेको छ ।

दुर्घटनामा परेका विरामी, प्रसुती र अप्रेसनका लागि रगत आवश्यकता पर्छ । रक्तदान कार्यक्रम पनि प्राविधिक व्यवस्थापन रेडक्रसले नै गर्दै आएको नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाका सभापति गोकणर्प्रसाद पोखरेलले जानकारी दिए । विरामीलाई आवश्यक रगत विरामी वा विरामीका आफन्तले न्यूनतम् शुल्कमा खरिद गर्नु पर्ने व्यवस्था अहिले जिल्ला स्वास्थ्यले सोधभर्ना गर्न थालेपछि निशुल्क वितरण हुँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालयले नै वार्षिक कार्यतालिका बनाएर कम्तिमा मासिक रुपमा एउटा संस्थालाई रक्तदानको कार्यक्रम बनाउने कार्यतालिकामा समावेश गरेको छ । तर आज भोली स्वतः स्फुर्त रुपमा रक्तदान गर्नेहरुको संख्या पनि बढ्दो अवस्थामा छन् ।

कर्मचारी, प्रहरी, सहकारी जस्ता विभिन्न संघ संस्थाले आफ्नो विषेश कार्यक्रम नै बनाएर रक्तदान गरी रगत संकलन गर्दै आएको छ । यस्तो रक्तदान कार्यक्रम महिनामा कम्तिमा एउटा नघट्ने गरी आयोजना हुने गरेको छ ।

नेफ्स्ुनका सञ्चालक सदस्य जिवसराज खड्काले सहकारीहरु नीति, विधि र प्रविधिमा रहेर काम गरे समस्या नआउने बताए । आर्थिक संकट बढ्दै गएको बेला तरलता व्यवस्थापनमा सहकारीहरुलाई आव्हान गरे ।

रक्तसञ्चार केन्द्र सञ्चालन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले गर्दै आएको छ । रक्तसञ्चार केन्द्रमा जम्मा भएको रगत चरिकोटको अस्पतालहरुमा उपचारमा आउने विरामीले उपभोग गर्छन् । १८ वर्ष उमेर पुगेका स्वस्थ व्यक्तिले ३ महिनाको फरकमा रक्तदान गर्न सक्छन् । कुनै पनि विरामीलाई रगत अभाव हुन नपारोस् भनेर विभिन्न समूह र प्रतिष्ठानले मासिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्ने गरेका छन् । तर कुनै दिवस अथवा कार्यक्रमको अवसरमा पनि यसरी रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन हुन्छ ।

रक्तदान जीवन दान भन्ने नारा छ । त्यसलाई आत्मसाथ गर्दै विशेष गरी सहकारी संस्था, राजनैतिक पार्टीका भातृ संगठन, सेना प्रहरी, कर्मचारी, क्लबहरुले आफ्ना उत्सव, पर्वमा रक्तदान कार्यक्रम आयोजना गर्ने गरेका छन् । रगत जम्मा गरी राख्दा कोही पनि रगतकै अभावमा अकालमा ज्यान जानबाट जोगाउन सकिन्छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दाेलखा जिल्ला स्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड आजदेखि सिङ्गटीमा शुरु

Kedar Dahal

शैक्षिक सामाग्री वितरण गरेर आफ्नो जन्मोत्सव मनाए युवा व्यवसायी एवं संवाददाता अधिकारिले

Friendship Khabar

“कि जितिन्छ, कि बितिन्छ” भनेर गएका शिक्षकलाई विद्यालय संचालन गर्न पालिकाकाे निर्देशन

Kedar Dahal