फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ राजनीति

विशाल र देवीले शुरू गरेका महत्त्वका याेजना पूरा गर्छुः गंगा कार्की

दाेलखा/नेकपा माओवादी केन्द्रका पाेलिट्व्यूराे सदस्य तथा प्रतिनिधि सभाका दाेलखामा सत्ता गठबन्धनका साझा उम्मेदवार गंगा कार्कीले माओवादीका तर्फबाट मन्त्री हुँदा देवी खड्का र विशाल खड्काले सुरु गरेका महत्त्वपूर्ण याेजनाहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे

सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले यस्तो बताएका हुन् ।जिरी ताल लगाएत दाेलखाका महत्व राख्ने सडकहरू स्तराेन्नती र कालाेपत्रे गरि विशाल खड्का मन्त्री भएका बेला सुरू भएका छन्´ उनले भने ´छाेटाे समय देवी खड्का मन्त्री हुँदा पनि खाडीचाैर-जिरी सडक विस्तार पहल भयाे, पुलहरू हालिए तिनीहरू अहिले सकिन लागे कति पूरा भए ।´
लामाबगर लप्ची जाने सडक देवि खड्का मन्त्री हुँदा डिपिआर भएर सुरू भएकाे थियाे तर त्यसपछि अलपत्र छ । याे सडक पूरा गर्ने र चिनसँगकाे नाका खाेल्ने, अलपत्र फिल्मसिटी, शैलुङ र राेल्वालिङमा पर्यटन प्रबर्द्धन गर्न पूर्वाधार निर्माण गर्ने, म्याग्नेसाइट उद्योग पुनः सञ्चालनमा ल्याउने, खिम्ती खाेला जलाशययुक्त जलविद्युत आयाेजनाफर तामाकोसी तेस्रो, तामाकोसी पाँचौ लगाएतका जलविद्युत आयोजना निर्माण गर्ने मुख्य याेजना रहेको बताए ।
नेकपा एकीकृत समाजवादी दाेलखाका अध्यक्ष भिमप्रसाद दाहालले गठबन्धनको केन्द्रीय ढाँचा अनुसार आफ्नो पार्टीको उम्मेदवार नभए तापनि गठबन्धनप्रति पूर्ण बफादार रहेको बताए ।
प्रदेश तर्फ नेपाली काँग्रेसका उम्मेदवार छन् । काँग्रेस केन्द्रीय सदस्य तथा दाेलखा प्रदेश क क्षेत्रका उमेदवार कुन्दनराज काफ्लेले जिल्लाकाे साझा प्रतिबद्धता पत्र अनुसार नै आफूले काम गर्ने बताए ।

नेपाली काँग्रेस दाेलखा सभापति तथा प्रदेश ख का उमेदवार वर्मा लामाले ३० वर्षसम्म एमालेले झुक्याउने काम मात्र गरेकाले काम गर्न आफ्नो उम्मेदवारी भएको बताए । एमालेमा ठूला नेता हार्ने डरले मैदान छाडेर पैसाकाे बलमा चुनाव जित्नेभन्दै व्यापारीलाई उम्मेदवार बनाएको बताए । गठबन्धनले कार्तिक १३ गतेदेखि चुनावी कार्यक्रम गर्ने घाेषणा गरेकाे छ । निर्वाचन परिचालनका लागि काँग्रेस नेता जिपछिरिङ लामा नेतृत्वमा शिव भण्डारी, देवी खड्का, अजयबाबु शिवाकोटी, ताराबहादुर काेइराला, रूद्रबहादुर खड्का, गाेपाल न्याैपाने सहितको उच्चस्तरीय समिति गठन भएको छ ।
त्यस्तै माओवादी नेता विशाल खड्काको नेतृत्वमा जिल्लास्तरीय निर्वाचन परिचालन समिति, प्रदेश क मा काँग्रेस उपसभापति छवि लामा र ख क्षेत्रमा अर्जुनप्रसाद शिवाकोटीकाे नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

जिविकोपार्जनका लागी विपन्न परिवारलाई बंगुरको पाँठा बितरण

Friendship Khabar

दुर्गम गाउँमा अनलाइन भुक्तानी बारे विद्युत सचेतना

Friendship Khabar

त्रिदेशीय सम्बन्ध बढाउन लामाबगर फलाक सडक पूरा गर्ने:-प्रचण्ड

Friendship Khabar