फ्रेण्डसिप खबर
अर्थवाणिज्य गृह पृष्ठ देश बागमती प्रदेश

उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा लगानी

चरिकोट/दोलखाको तामाकोसी गाउँपालिका र मेलुङ गाउँपालिकामा रहेका उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा लगानी कार्यक्रम अन्तर्गत चेक हस्तान्तरण गरिएको छ ।

हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शअशोक शम्सेर राणा को प्रमुख आतिथ्यमा आयोजित चेक वितरण समारोहमा हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा. तिर्थ राज रेग्मी,मेलुङ गाँउपालिका अध्यक्ष हिरा कुमार तामाङ (थोकर) तथा तामाकोशी गाँउपालिका अध्यक्ष प्रोण प्रताप के.सी. को उपस्थितिमा सम्पन्न भएको हो ।

हिमालयन बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बिच मिति २०७९ कार्तिक ४ गते का दिन दोश्रो पटक भएको सम्झौता अनुसार युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्य अनुरुप हाल सम्म १३० जनालाई जम्मा रु ६ करोड ६ लाख सहुलियतपूर्ण कर्जा लगानी भैसकेको तथा १८ जनाको फाईल लगानीको लागि तयार भएको छ ।
त्यसै अनुरुप हिमालयन बैंक चरिकोट शाखा र मेलुङ गाँउपालिका तथा तामाकोशी गाँउपालिकाका बिच मिति २०८० भदौ ७ गते का दिन भएको सम्झौता अनुसार दुबै गाँउपालिका जम्मा १० जना किसानहरुलाई रु ९७ लाख कर्जा स्वीकृत भई लगानी गरिसकेको छ भने १५ जनाको फाईल करिब रु १ करोड ३० लाख बराबरको कर्जा लगानीको लागि प्रक्रियामा छ । हिमालयन बैंकले दोलखा जिल्ला सहित हेफर इन्टरनेशनलको कार्य क्षेत्रका जिल्लाहरुमा थप ८५२ भन्दा बढी उद्यमीहरुलाई निकट भविष्यमा कृषि तथा पशुपालन क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको छ ।

सम्झौता अनुसार कृषि तथा पशुपालन सम्बन्धी क्षेत्रहरु जस्तै बाखापालन, पशुपालन तथा तरकारीको व्यवसायमा संलग्न युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सहज ढङ्गले कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको हो । साझेदारीको मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानहरूको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने रहेको छ ।

स्थानीय सरकारहरुको अगुवाईमा हेफर नेपाल र स्थानीय संस्थाहरुको साझेदारीमा संचालित परियोजनाहरु मार्फत उद्यमीहरूको पहिचान र सिफारिस गरी बैंकसँग जोड्ने र उच्चस्तरिय बैंकिङ्ग सेवाहरु सहजरुपमा उपलब्ध गराउने उद्देश्य लिईएको छ । विभिन्न जिल्लामा रहेका शाखा कार्यालयहरु मार्फत हिमालयन बैंकले करिब १,००० उद्यमीहरूलाई कर्जा प्रदान गर्ने लक्ष्य लिएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखालि समाज दक्षिण कोरियाको अध्यक्षमा पुन थापा निर्वाचित

Kedar Dahal

हाम्रो जनकल्याणद्वारा फोहोर वर्गिकरणका लागि सचेतना

Friendship Khabar

उज्यालो भविष्य द्वारा शताब्दी पुरुष लगायतलाई सम्मान

Kedar Dahal