फ्रेण्डसिप खबर
अर्थवाणिज्य गृह पृष्ठ फिचर न्युज बागमती प्रदेश स्थानीय समाचार

जनसचेतनद्वारा विद्यार्थी लाई सहकारी शिक्षा

दाेलखा / दोलखा को वैतेश्वर ५ काब्रे स्थित मैनापोखरीमा मुख्य कार्यलय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले बिद्यालयमा अध्यनरत विद्यार्थी हरुलाई सहकारी शिक्षा प्रदान गरेको छ। जिल्लाको मेलुङ गाउँपालिका स्थित सत्यश्वर मावीमा अध्यनरत विद्यार्थी हरुलाई सहकारी शिक्षा शिविर सन्चालन गरेको हो।

शिक्षा शिविरमा विद्यालयमा अध्यनरत कक्षा ८ देखि १२ सम्मका २२४ जना विद्यार्थीहरुलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता प्रदान गरिएको संस्थाका वरिष्ठ उपाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक गोपालध्वज श्रेष्ठले जानकारी दिनुभयो।
तालिममा सहकारी शिक्षा,सहकारी संञ्चालनमा शुसासन, सदस्यको अार्थीक पछ्याैटेपनकाे निवारण, जनसचेतनकाे सुरक्षित वचत काे अवधारणा लगाएतका बिषयमा प्रशिक्षण दिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो। तालिमको शिक्षा उपसमिति संयोजक गोपाल ध्वज श्रेष्ठ, जनसम्पर्क प्रमुख राजन दहाल ले सहजीकरण गर्नुभएको थियो।

दोलखा र काठमाडौ उपत्यका सहित काभ्रेपलान्चोक समेत ५ जिल्ला कार्यक्षेत्र भएको जनसचेतनले दोलखाको मेलुङ गाउँपालिका वडा नं १ पवटी मा सेवा केन्द्र स्थापना गरि २ हजार ६ सय ४२ जना सदस्य मार्फत कारोबार गरिरहेको छ।

याे पढ्न छुटाउनु भयाे की ?

विष्णु पौडेलले राजधानीसँग अर्थमन्त्री साट्नुभयो:-गुरुङ

Friendship Khabar

“आधुनिक विश्व परिवेशमा हरित हाइड्रोजन ईन्धनको सान्दर्भिकता”

Friendship Khabar

दोलखालि समाज दक्षिण कोरियाको अध्यक्षमा पुन थापा निर्वाचित

Kedar Dahal