फ्रेण्डसिप खबर
कृषि गृह पृष्ठ बागमती प्रदेश

किसानको प्रश्न:-जनता पाल्ने कि जन्तु पाल्ने?

चरिकोट/बादर आतंक नियन्त्रणका लागि किसानले दबावमुलक र्‍याली एवं ध्यानाकर्षण गराएका छन।

दोलखाको मेलुङ गाउँपालिका वडा नं ७ बाट सयौं संख्यामा किसान आइ सदरमुकाम चरिकोटमा र्‍याली प्रदर्शन गरेको हो।

मेलुङ गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष नवराज खड्का सहितको नेतृत्वमा ११० जना कृषको टोलिले चरिकोट बजार परिक्रमा गरि लिखित हस्ताक्षरमा भएको ध्यानाकर्षण पत्र जिल्ला स्थित राजनैतिक दल,प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हुन।

ज्ञापन पत्रमा बादर आतंकले किसान लाई आक्रान्त पारेको भन्दै विभिन्न ७ बुदे माग राखेको छन।मागमा भनिएको छ
१. बाँदर आतंकको दिगो समाधान र वाँदर नियन्त्रणका लागि तत्काल नेपाल सरकारले आवश्यक निती बनाएर यसको प्रभावकारी कार्यान्वयन गर ।
२. बाँदरवाट नष्ट भएको बालीनालीको उचित क्षतिपुर्तिको व्यवस्था गर ।
३. वाली उत्पादन सिजन अनुसार बाँदर हेरालुको तत्काल व्यवस्था गर ।
४. वाँदर धपाउँदा भएको जनधनको उचित क्षतिपुर्तिको व्यवस्था गर ।
५. वाली विमाको प्रभावकारी कार्यान्वयन गर ।
६. कृषिमा आवश्यक ज्ञान शिप क्षमताको अभिवृद्धि गर्दै उचित प्रविधि र लगानीको व्यवस्था गर ।
७. कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर ।

याे पढ्न छुटाउनु भयाे की ?

सांसद रिजाल द्वारा श्री कृष्ण कथाको उद्घाटन

Nabin Kumar Khatiwada

शैलुङ ग्रेटवाल सहितको उपहार चिनियाँ राजदुतलाई

Nabin Kumar Khatiwada

नेकपा एस निकट प्रवासी नेपाली एकता मञ्च युएइको अध्यक्षमा सापकोटा

Friendship Khabar