फ्रेण्डसिप खबर
गृह पृष्ठ धर्म र संस्कृति समाचार

यू.ए.ई मा तीज विशेष कार्यक्रम हुने

सन्दीप पौडेल

दोलखा/ यू.ए.इ मा तीज विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । स्याङजा सहयोग समाज यू.ए.ई को आयोजनामा यहि मिति २०७९ भाद्र १२ (२८ अगस्ट २०२२) गतेका दिन तीज विशेष सांङगितिक कार्यक्रम २०२२ हुने भएको हो ।
पछिल्लो समयममा पश्चिमा संस्कारको सिकोले हाम्रा मौलिक चाडपर्व तथा कला, संस्कृतिहरु लोप हुने अवस्थामा छन । तसर्थ यस्ता कार्यक्रमले नेपाली संस्कार र संस्कृतिको जगेर्ना हुने विश्वास लिइएको छ । भने यस्को साथ साथै प्रदेशमा रहेका नेपाली दाजु भाई दिदिबहिनिहरुलाई पनि मनोरञ्जन प्रदान गर्न सकिने समाज का सल्लाहकार थमन सिंह रानाभाट ले बताए ।
एभरेष्ट कल्ब–अस्टोरिया होटल बरदुवईमा सम्पन्न हुने कार्यक्रममा नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक गायिकाहरु खुमन अधिकारी, शान्ति श्री परियार, उमादेवी खनाल तथा मोडल तथा डान्सर अभिषेक खड्काको प्रस्तुति रहने छ ।

याे पढ्न छुटाउनु भयाे की ?

चोयाका सामग्री बनाउने तालिम

Nabin Kumar Khatiwada

शिक्षकहरुले आन्दोलन शुरु गर्दै आज बुझाए ध्यानकर्षण पत्र

Kedar Dahal

यस्तो छ राष्ट्रिय सभा सदस्यका उमेद्वार घनश्यामको राजनैतिक यात्रा

Friendship Khabar