फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

मजदुरका समस्या बारे नेकपा एस वैतेश्वरको ध्यानाकर्षण

प्रकाश दहाल

मैनापोखरी/नेकपा एकीकृत समाजबादी वैतेश्वरले मजदुरको दैनिक ज्याला र करार कर्मचारी को समस्या बारे ध्यानाकर्षण गराएको छ।

दोलखाको को वैतेश्वर गाउँपालिका वडा नं ४ काब्रेमा रहेको पहाडी बाली अनुशन्धान कार्यक्रममा कार्यरत दैनिक ज्यालादारी मजदुर ले जिल्ला दररेट बमोजिम पारिश्रमिक नपाएको करारमा कार्यरत कर्मचारी लाइ नेपाल सरकार को श्रम ऐन बमोजिमका सेवा सुबिधा उपलब्ध नगराएको भन्दै ध्यानाकर्षण गराएको हो।

बिहिबार नेकपा एकीकृत समाजबादीका युवा नेता एवं अनेरास्ववियुका केन्द्रिय उपमहासचिव कल्याण दहाल,गाउँपालिका कमिटी अध्यक्ष टहल खड्का,युवा संघका नेपालका नेता अजिव दहाल,दिनेश दहाल,पार्टीको वैतेश्वर ४ काब्रेका वडा कमिटी अध्यक्ष ताराणी प्रसाद दहाल,सहितको टोलि पहाडी बाली अनुशन्धान कार्यक्रम को कार्यालय पुगि कार्यालय प्रमुख लाई ज्ञापन पत्र पेश गर्दै ध्यानाकर्षण गराएको पार्टीका अध्यक्ष टहल खड्काले जानकारी दिनुभयो।

ध्यानाकर्षणमा श्रमिकका न्यायोचित मागहरु अथाशिघ्र पूरा गराउनु पर्ने यदि माग पूरा नगरेमा पार्टी कडा आन्दोलनमा उत्रने युवा नेता कल्याण दहाल ले बताउनुभएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

यस्तो छ राष्ट्रिय सभा सदस्यका उमेद्वार घनश्यामको राजनैतिक यात्रा

Friendship Khabar

सहकारीको ऋण नतिर्नेलाई सेवा सुबिधामा रोक:-अध्यक्ष लामा,१३ बुँदे साझा घोषणा जारी

Friendship Khabar

एमाले दोलखाको अध्यक्षमा तीनजना को उम्मेदवारि

Kedar Dahal