फ्रेण्डसिप खबर
गृह पृष्ठ

गाैरिशंकरमा नि:शुल्क स्वास्थ्य शिविर संचालन, राेग नलुकाइ परिक्षण गराउन अध्यक्ष कार्कीकाे अनुराेध

केदार दहाल
गौरिशंकर गाउँपालिकाको आयोजनामा दुई दिने बाल तथा महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर आजबाट सञ्चालन भएको छ ।

गाउँपालिका अध्यक्ष विश्वास कार्कीका अनुसार पालिकाको वडा नम्बर ४ स्थित मानेडाँडा माध्यमिक विद्यालयमा नि:शुल्क महिलाहरूकाे पाठेघरकाे समस्या परीक्षण, आङ खस्ने सम्बन्धि र फिस्टुला रोगको परीक्षण र उपचार गरिएको छ । स्थानीय समुदायमा आमा, दिदिबहिनीहरुले रोग लुकाएर बस्ने तथा आर्थिक अवस्थाका कारण अस्पताल नजाने गर्दा झनै स्वास्थ्य अवस्था खराब हुने हुँदा शिविर मार्फत स्वास्थ्य परिक्षण गरिएको बताए । अध्यक्ष कार्कीले शिविरमा आफ्नो स्वास्थ्य अबस्थाबारे अप्ठ्यारो नमानी अनिवार्य सहभागिताका लागि समेत अनुरोध गर्नुभएकाे छ।

आजकाे शिविरमा २२० जना विद्यार्थीले आँखा परिक्षण र २ सय १६ जना महिलाले स्त्री सम्बन्धि सेवा लिएका छन् । शिविरमा ५ जना महिलाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । ती ५ जना महिलाहरुलाई काठमाडौँ लगेर नि:शुल्क शल्यक्रिया गरिने क्याप्टिभेटिङ नेपालका प्रतिनिधि भरत खड्काले बताए । शिविरका लागि भक्तपुर स्थित क्याप्टिभेटिङ नेपालले प्राविधिक सहयोग गरेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

एमाले ओलि गुटमात्र भयो:- महासचिव भुसाल

Friendship Khabar

नेकपा एसको महासचिवमा घनश्याम भुसाल

Friendship Khabar

जग्गा धितो रोक लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश

Friendship Khabar